४ बैशाख २०८१, मंगलबार

नेपाल वायुसेवा निगम: उडान शुन्य खर्च लाखभन्दा बढी


Nepal-Airlines-Airbus

११ वैशाख, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यालय वीरगन्जमा छ भन्ने धेरैलाई थाहा छैन ।

थाहा होस् पनि कसरी २०७२ साल भदौदेखि औपचारिक रुपमा सञ्चालनमा आएको निगमको कार्यालयले आठ महिनामा एउटा पनि उडान नगरी मासिक एक लाख भन्दा बढी खर्च गर्दै आइरहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सिमरा विमानस्थलबाट २०५५ सालसम्म नियमित उडान गर्दै आएकोमा विमानको अभाव तथा वायुसेवामा निजी क्षेत्रले प्रवेश पाएपछि निगमले २०५६ सालदेखि आफ्नो सबै उडान रद्ध गरी वीरगन्ज कार्यालय बन्द गरेको थियो ।

निगमले १८ वर्षपछि सिमारा विमान स्थलबाट पुनः नियमित उडान गर्ने निर्णय गरी भदौ १ गतेदेखि वीरगन्जको व्यावसायिक क्षेत्र आदर्शनगरमा कार्यालय स्थापना गरी सेवा सुचारु गर्ने निर्णय गरे पनि हालसम्म निगमले एउटा पनि उडान भर्न सकेको छेन ।

कार्यालयका चारजना कर्मचारी दिनहुँ बिहान १० बजेदेखि साझ पाँच बजेसँा कार्यालायमै समय बिताउने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !