४ बैशाख २०८१, मंगलबार

बजेट पपुलिष्ट भन्दापनि यथार्थपरक आउने : अर्थमन्त्री पौडेल


Bishnu Prasad Paudel

अर्थ मन्त्री विष्णु पौडेलले जेठ १५ गते ल्याउन लागिएको बजेट पपुलिष्ट भन्दा पनि यथार्थपरक आउने जानकारी दिनुभएको छ । उहाँले संविधान निर्माण पछि राजनैतिक क्रान्ति सम्पन्न भएकोले अबको बजेट आर्थिक समृद्धिका लागि हुने बताउनु भयो ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको बजेट पूर्व छलफल कार्यक्रमको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै अर्थ मंत्री पौडेलले संविधानको मर्म र भावना प्रतिविम्बित गर्ने किसिमको बजेट ल्याउने तयारी गरिएको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने किसिमको सरकारको नीति आउने जानकारी दिनुभयो ।

सो पूर्व बजेट छलफल कार्यक्रममा उद्योगी तथा व्यापारीहरुले करको दर र दायरा जस्ता विषयमा भन्दा पनि उर्जा संकट, बन्द हडताल, श्रम समस्याका साथै व्यवसायिक सुरक्षालाई सम्बोधन हुने गरी बजेट आउनु पर्ने धारणा व्यक्त गरेका थिए । उनीहरुले उर्जा संकटका कारण अधिकांश उद्योगहरु धराशायी बन्ने अवस्था रहेकोले विद्युत उत्पादन र आपूर्ति तथा इन्धनको सहज आपुर्तिका लागि आवश्यक बजेट छुट्याउन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, राजस्व सचिव राजन खनालले लगायतले उद्योगी व्यापारीको समस्या र राजस्वको दर बारे धारणा व्यक्त गर्नुभएको थियो । सो छलफल कार्यक्रममा राजस्व प्रशासनका उच्च अधिकारीहरु र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !