६ बैशाख २०८१, बिहिबार

उवासंघ चितवनको अध्यक्षमा प्रधान विजयी


sahan-pradhan

२ माघ, चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सहनलाल प्रधान विजयी भएका छन् । प्रधानले प्रतिस्पर्धी राजु श्रेष्ठलाई ३ सय ४३ मत अन्तरले पराजित गरे । निर्वाचनमा सहनलाल प्रधान प्यानलका अधिकांश उम्मेदवार विजयी बने ।

पदाधिकारीमा प्रधान प्यानलले कब्जा गरेको छ । वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ विजयी भएका छन् । विष्णु कँडेललाई झण्डै ६ सय मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । उपाध्यक्ष वाणिज्यतर्फ भोजराज कौडाल विजयी बने । उनले प्रतिस्पर्धी विपेन्द्र रामुदामुलाई ३ सय मतान्तरले हराए ।

नयाँ नेतृत्वले २ वर्ष कार्यकाल बिताउने छ । आइतबार भएको उवासंघको निर्वाचनमा २ हजार ८ सय ५६ जना मतदातामध्ये २ हजार ७ सय ४७ जनाले मतदान गरेको निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !