७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय ढुकुटी रित्तिँदै: कर बक्यौता नै करिब ७९ अर्ब !


goverment tax

२५ पुस, काठमाण्डौ । राज्यले उठाउनुपर्ने कर बक्यौता ७८ अर्ब ९४ करोड पुगेको छ । राष्ट्रिय ढुकुटी रित्तिँएकोमा चिन्ता व्यक्त भइरहँदा उक्त परिमाणको कर बक्यौता देखिएको हो । ठूला र्फमवाट उठ्नुपर्ने आयकरको बक्यौता ७८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशूल्कको यस्तो बक्यौता ९४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यो गत मंसिरसम्मको आँकडा हो ।

कार्यालयले गत कात्तिक अन्तिम साता एक र पुसमा दुई पटक सूचना जारी गरिसकेको छ । गत कात्तिकमा कर नतिर्ने २७, पुसमा एक पटक १६ र अर्कोपटक एनसेललाई कर दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको थियो । तीनै पटक बक्यौता दाखिला गर्न १५ दिने म्याद दिइएको थियो । तर, अधिकांश करदाताले अझै पनि बुझाएका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !