१३ बैशाख २०८१, बिहिबार

मजदूरको ज्याला १०० बढ्यो : न्यूनतम ९०० पाउने


sf7df8f}F, !$ j}zfvM lgdf{0ffwLg 9n sf7df8f}Fsf] k’tnL ;8sdf 9n lgdf{0f ub}{ sfdbf/ . ns8fpgsf sf/0f ;jf/L;fwg grn]sfn] sfd ug{ ;xh ePsf] 5 . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

कर्णाली, २२ साउन । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो ।

समितिले निर्धारण गरेको दररेटअनुसार अब सरकारी काममा खटिने मजदूरको दैनिक ज्याला रु १०० बढेको छ । आर्थिक ऐनअनुसार १२ प्रतिशतसम्म मजदूरको ज्याला बढाइएको हो । निजी तथा गैरसरकारी सङ्घ–संस्थामा दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक पनि बढेको छ । अब डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा रु १०० बढेको छ । यसअघि दैनिक रु ८०० पाउने मजदूरले अबदेखि रु ९०० पारिश्रमिक पाउनेछन् ।

निर्धारित दररेटअनुसार अब ज्यामीको दैनिक रु ६००, पलम्बरको रु ६८८, सिनियर पलम्बरको रु ७००, इलेक्ट्रिसियन हेल्परको रु ६००, इलेक्ट्रिसियनको रु ७००, निर्माण सामग्री परीक्षण गर्ने ल्याब असिस्टेन्सको रु ६४० र टेक्निसियनको रु ७४५ तोकिएको छ । त्यस्तै, हलुका ड्राइभरको हकमा रु ६६०, हेभी ड्राइभरको हकमा रु ७३०, हेभि इक्विप्मेन्ट अप्रेटरको रु ८२०, ड्राइभर सहयोगीको रु ६००, नगर निरीक्षकअर्थात कार्यालय सहयोगी सरहलाई रु ६००, नर्सरी नाइके, क्याम्पस वर्कर, चौकीदार, कुचीकार, सर्भे हेल्पर र मालीको रु ६०० दैनिक ज्याला निर्धारण गरिएको छ ।

मजदूरको हकमा २६ दिनसम्म काम गरेको खण्डमा एक महिना मान्नुपर्ने समितिले निर्णय गरेको छ । अबदेखि मजदूरले २६ दिनमात्रै काम गरे पनि एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुपर्नेछ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले नेपाल सरकारको आर्थिक ऐनअनुसार सरकारी क्षेत्रका काम गर्ने मजदूर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको बताउनुभयो । “समितिले निर्धारण गरेको दररेटअनुसारै कारोवार हुनेछ”, उहाँले भन्नुभयो, “आफूखुशी बजार मूल्य तोक्ने र मजदूरलाई कम ज्याला दिएर शोषण गर्नेलाई कानूनबमोजिम कारवाही गरिनेछ ।”

मूल्य निर्धारण समितिले विद्युतीयलगायतको केही सामग्रीको मूल्य निर्धारण गर्न भने सकेको छैन । विद्यूतीय पोल ट्रकबाट ढुवानी र विद्युत्सम्बन्धी सम्पूर्ण निर्माण सामग्रीको मूल्य बाँकेमा स्वीकृत दररेट तथा ढुवानीअनुसार कायम हुने व्यवस्था गरिएको छ । हालसम्म जिल्लामा स्वीकृत दररेटमा समावेश नभएको जनाउँदै उक्त सामग्रीको हकमा बाँकेमा लागू गरिएको मूल्यसूची सुर्खेतमा लागू गर्नुपरेको हो । मूल्य निर्धारण समितिले अधिकांश निर्माण सामग्रीको मूल्य गत वर्षकै यथावत राखेको छ । इँटाको मूल्य भने यसपालि रु ५०० बढाइएको छ ।

श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकियो
मूल्य निर्धारण समितिले बहुमूल्य जडीबुटी श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकेको छ । जसअनुसार प्रतिकेजी श्रीखण्डको रु तीन हजार, रक्तचन्दनको रु दुई हजार, कपुरको दुई हजार ५००, तेजपत्ताको रु एक हजार तथा लप्सी, टिमूर र बकाइनोको रु ३००/३०० तोकिएको छ । रुद्राक्ष प्रतिगोटाको रु २००, सर्पगन्धको रु ५०० तोकिएको छ । त्यस्तै, बिरुवाका लागि दाँते ओखर प्रतिगोटाको रु २५, उन्नत जातको चिली प्रतिगोटाको रु १०० निर्धारण गरिएको जिप्रकाले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !