७ बैशाख २०८१, शुक्रबार

कञ्चनपुरलाई सबैभन्दा ठूलो नाका बनाइने


कार्तिक १९, कंचनपुर | नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधानको सफल कार्यान्वयन गर्नका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभएको छ ।
महाकाली नगरपालिकामा चुनावी प्रचार गर्न पुग्नुभएका प्रतिनिधिसभा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार लेखकले काँग्रेस नेतृत्वको सरकारले जनतालाई नयाँ अधिकारसहितको संविधान दिएर मुलुकलाई परिवर्तन उन्मुख गराएको बताउनुभयो ।
महाकाली नगर क्षेत्रलाई समृद्ध बनाउने तथा कञ्चनपुरलाई देशकै सबैभन्दा ठूलो नाका बनाउने आफ्नो प्रमुख कार्यसूची भएको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !