८ बैशाख २०८१, शनिबार

बादलको राजनीति ओरालोतर्फ सुरु: चुनाव लड्नुभन्दा अगाडी नै खाए हार


राम बहादुर थापा

काठमाडौँ, २४ वैशाख । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन दर्ता गर्दैछ । बालुवाटार स्रोतका अनुसार वाग्मती प्रदेशको लागि अन्य पार्टीले उम्मेदवार टुङ्ग्याए पनि नेकपा एमालेले भने उम्मेदवार टुङ्ग्याएको छैन ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त क्षेत्रबाट रामबहादुर थापा ‘बादल’लाई उठाउने निर्णय गरे पनि बादल भने चुनाव लड्न तयार छैनन्। विशेष स्रोतका अनुसार बादल उक्त क्षेत्रबाट चुनाव नलड्ने भएका छन्।

एमालेका एक नेताका अनुसार बादल हार्नको लागि चुनाव नलड्ने दावी गरेका छन्। बादलले यस्तो दावी गरेपछि एमालेबाट अहिलेसम्म उम्मेदवार टुङ्ग्याएको छैन । उक्त क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट बादल निर्वाचित भएका थिए । तर बादल एमाले प्रवेश गरेपछि माओबादी केन्द्रले पदमुक्त गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !