१३ बैशाख २०८१, बिहिबार

को हुन् प्रचण्डलाई जुत्ता प्रहार गर्ने यूवा ?


रतन तिरुवा

१८ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि जुत्ता प्रहार भएको छ । नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको प्रथम स्मृतिमा आयोजित सभामा प्रचण्डमाथि जुत्ता प्रहार गर्ने यूवा जुम्लाको सिँजा गाउँपालिका-२ का स्थायी बासिन्दा रतन तिरुवा भएको परिचय खुलेको छ ।

भरतमोहन अधिकारी स्मृति फाउण्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोगना गरेको नेकपा नेता भरतमोहन अधिकारीको स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन ।

पूर्व माओवादी कार्यकर्तासमेत रहेका रतनका बुबा मुन तिरुवा माओवादी जनयुद्धकालमा मारिएका थिए । उनी २०५५/२०५६ सालमा मारिएका थिए । उनको परिवारमा नै माओवादीमा लागेको थियो ।

काठमाडौंको डल्लुमा डेरा गरेर बस्दै आएका तिरुवा २१ वर्षीय रतन तिरुवाले १ वर्ष अगाडि मात्रै कक्षा १२ (प्लस टू) को अध्ययन सक्काएका थिए । प्लस–टू पढ्नु अगाडि उनले टी-एसएसली अन्तर्गत १ वर्षको अमिन कोर्ष पूरा गरेका थिए । उनको फेसबुक आइडीमा उनी सर्वे इन्जिनियर रहेको खुलेको छ ।

अमिन पढेर जागिर पाउने आशमा उनी आफ्नो स्थानीय तह सिन्जा गाउँपालिका कार्यालयमा पनि पुगेका थिए । तर, गाउँपालिकाले तत्काल अमिनको जागिर नखुल्ने जनाएपछि उनी लोक सेवामा नाम निकाल्नै भन्दै केही महिना अगाडि काठमाडौं आइपुगेका थिए ।

सामान्य व्यक्ति तिरुवा आइतबार साँझदेखि भने उनी नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गरेर चर्चित भएका छन् । तर, विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालमा भने उनी चर्चित भइसकेका छन् । त्यस्तै तिरुवाले आफ्नो फेसबुक पेजमा मार्क्सको फोटो समेत राखेका छन् । उनले फेसबुकमा गरेका पोस्टहरुमा कम्युनिस्ट आन्दोलनप्रति वितृष्णा जगाएको देखिन्छ ।

यो पनि पढ्नुहोस्

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि जुत्ता प्रहार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु