११ बैशाख २०८१, मंगलबार

पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पाको जीवन


कृपासुर शेर्पा

पृष्ठभूमि र जन्म

कृपासुर शेर्पा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पुर्व संस्कृति, पर्यटन  तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ । नेपाल शेर्पा संघको अध्यक्ष समेत भइसकेका शेर्पा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसनको अध्यक्ष पनि हुनुहुन्छ । पर्यटन क्षेत्रमा क्रियाशिल शेर्पा सरकारी सेवामा हुँदा बनाएको पहुँच र साधन स्रोतलाई भोजपुरको शिक्षा र स्वास्थ्यका क्षेत्रमा योगदान गर्नु भएको छ ।

स्व. सुशील कोइरालाको मन्त्रीमण्डलमा संस्कृति, पर्यटन  तथा नागरिक उड्डयन मन्त्रीको सपथ लिदै

शेर्पा भोजपुर जिल्लाको साम्पाङ मझुवा- ५ मा बुवा छेत्तर शेर्पा र फुरदिकी शेर्पाको छोराको रुपमा मध्यमबर्गीय परिवारमा जन्मिनुभएका शेर्पा राजनीतिमा संलग्न हुनुहुन्छ । उहाँको जीवनसंगी कमला शेर्पा हुनुहुन्छ । २०३६ सालको विधार्थी अन्दोलनवाट विधार्थी राजनीति सुरु गरेर पार्टी राजनीतिमा सक्रिय शेर्पा स्व. सुशील कोइरालाको मन्त्रीमण्डलमा पर्यटन मन्त्रीसम्म बन्नुभएको थियो । उहाँले शिक्षणमा ६ वर्ष र निजामती २६ वर्ष गरी ३२ वर्ष सरकारी सेवा गर्नु भएको छ ।

शिक्षा

शेर्पाले भोजपुरको रामआदर्श रात्री बिद्यालयवाट एसएलसी पास गरी प्राइभेट रूपमा कानुनमा प्रविणता प्रमाणपत्र तहको पढाइ पूरा गर्नुभएको हो । उहाँले नेपाल ल क्याम्पसवाट कानुनमा स्नातक तह उतीर्ण गरी जन प्रशासन क्याम्पसवाट स्नातकोत्तरसम्मको अध्ययन पुरा गर्नुभएको हो ।

प्रकाशन

उहाँले अहिलेसम्म कुनै पुस्तक निकाल्नुभएको छैन । प्रकाशकको रुपमा सुनखरी साहित्यिक पत्रिका, दी न्यू ऐरा, इलाम टाइम, एक्कादइसौ शताब्दी, जापानको चक्कर, नेपालमा जातीय अन्दोलन जस्ता लेखहरु प्रकाशित छन् ।

खाना

शेर्पालाई सामान्य नेपाली खाना नै मनपर्छ । उहाँ खानामा कहिले पनि यहि हुनुपर्छ भन्नुहुन्न, जे जस्तो भए पनि हुन्छ उहाँलाई ।

पोसाक

उहाँलाई साधारण पोसाक मनपर्छ । औपचारिक पोसाकको रुपमा दौरा सुरुवाल लगाउने शेर्पा अन्य समयमा भने सर्ट-प्यान्ट लगाउनुहुन्छ ।

फिटनेस

उहाँ दैनिक बिहान सामान्य व्यायाम गर्नुहुन्छ । मौसम अनुकुल हुँदा कहिलेकाहिँ बिहान हिड्ने शेर्पा प्राय घरमै सामान्य खालका व्यायाम गर्नुहुन्छ ।

घुमफिर र फुर्सद

शेर्पालाई घुम्न धेरै मनपर्छ, समय मिलेको अवस्थामा घुम्न निश्किने बताउने उहाँ फुर्सदको समयमा किताब र पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने गर्नुहुन्छ ।

खेलकुद

उहाँलाई खेलकुदमा एकदम रुचि रहेको छ बिशेषगरी फुटबल र भलिवल मन पराउनुहुन्छ । युवा अवस्थामा भलिवल र फुटबल खेल्नुहुने शेर्पा हाल उमेरका कारण खेल चाहिँ खेल्नुहुन्न । तर राष्ट्रियस्तरका खेल हेर्ने र खेल आयोजना गर्न सहयोग गर्दै आउनुभएको उहाँले युवाले खेलमार्फत अगाडि बढ्न सक्ने सम्भावना पनि देख्नुभएको छ ।

मोबाइल

शेर्पा सूचना र संचारको लागि मोबाइल अहिलेको आवश्यक साधन हो भन्नुहुन्छ । मोबाइल जनसम्पर्कको लागि अति उपयोगी भइसकेको बताउनुहुन्छ । चलाउन सजिलो लागेका कारण आइफोन बोक्ने गर्नुहुन्छ शेर्पा ।

टेलिभिजन

उहाँ टिभिमा बिशेषगरी अन्तर्वार्ता, समाचार र प्रतियोगिताका कार्यक्रम हेर्ने गर्नुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेल पनि टेलिभिजनमा हेर्ने एकदम रुचि छ शेर्पाको ।

चलचित्र

चलचित्रमा खासै रुचि नराख्ने शेर्पाले पछिल्लोपटक हल जानुभएको याद छैन उहाँलाई । अहिलेसम्म जम्मा तीनपटक मात्र हल पुगेको सम्झने शेर्पाले अन्तिम फिल्मको कुनै सम्झना नरहेको बताउनुहुन्छ । तर टेलिचलचित्रमा भने उहाँको निक्कै रुचि रहेको छ ।

स्वास्थ्य

तामसी भोजन नरुचाउने शेर्पा खानाभन्दा बढी सब्जी धेरै रुचाउनुहुन्छ । उमेरका कारण मासुका परिकार पनि कम मात्र खाने उहाँ खानपानकै कारण स्वस्थ स्वास्थ्य राख्न सफल हुनुभएको

मापसे

संस्कृति जोगाउने नियम अनुसार प्रसादको रुपमा मात्रै उहाँले मध्यपान लिनुहुन्छ । शेर्पा अन्य समयमा तामसी भोजन लिनुहुन्न ।

संगीत

उहाँ विशेषगरी लोकदोहोरी बढी सुन्ने गर्नुहुन्छ । मार्मिक र भाव भएका गीतहरु सुन्न रुचाउनुहुन्छ । शेर्पा भन्नुहुन्छ गीतले मन छुन सक्नुपर्दछ ।

भूल

उहाँ भन्नुहुन्छ, “मैले जीवनको अन्तिम समयसम्म पनि अत्माग्लानी हुने काम गरेको छैन ।”

सौन्दर्य

सौन्दर्य प्रकृतिको प्रद्दत सम्पति हो र यो अति नै आकर्षणको केन्द्र हो शेर्पाको बुझाइमा ।

प्रेम

शेर्पा भन्नुहुन्छ, “प्रेम दुइ अलग अलग आत्माको मिलन हो ।” प्रेमले जीवनलाई अगाडि बढ्न सहयोग गर्दछ शेर्पाको बुझाइमा ।

सपना/ लक्ष्य

जीवनको अन्तिम समयसम्म नेपाल कम्युनिष्ट पार्टीमै रहने र देश विकास गर्न सकेको योगदान गर्ने सपना रहेको बताउनुहुन्छ शेर्पा । युवाको लागि केहि गर्ने सपना बुन्नुभएको शेर्पा आफ्नो कुनै निजी स्वार्थ नभएको बताउनुहुन्छ ।

विदेश भ्रमण

शेर्पाले भारत, श्रीलंका, चीन, जापान, फ्रान्स, जर्मनी, हल्याण्ड, बेल्जियम, हङकङ, लक्जम्वर्ग, आयरल्याण्ड, अल्जेरिया आदि देशको भ्रमण गरी सक्नु भएको छ ।

यो पनि पढ्नुहोस् 

उद्योगपति तथा सांसद मोतीलाल दुगडको प्रेरणादायी जीवन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !