१३ बैशाख २०८१, बिहिबार

उद्योगपति तथा सांसद मोतीलाल दुगडको प्रेरणादायी जीवन


मोतीलाल दुगड

पृष्ठभूमि जन्म

दर्जनौ फरक धारका नयाँ उद्योग खोलेर एकपछि अर्को सफलता हात पार्दै प्रसिद्ध सफल उद्योगपति एवम् सांसदको हुनुभएका मोतीलाल दुगडको जीवनमा पीभिसी उद्योगले कायापलट बनाएको हो । सिर्जनशील दिमाग भएका मोतीलाल दुगड उद्योग खोलेको एक वर्षमै करोडपति बन्नुभयो र सधैँ सफल हुनुभयो । सहयोगी मन र कोमल हृदयका धनी सांसद दुगड आफ्ना कामदारको समस्या सिधै सुन्ने वा विश्वास पात्रमार्फत आफ्ना उद्योगका मजदुरसँग सम्पर्क गर्ने गर्नुहुन्छ । दुगडको जीवनीवाट धेरै पाठ सिक्न सकिन्छ ।

मोतीलाल दुगड बि. स. २०२२ साल बैशाख ८ गते मोरंग जिल्लाको बिराटनगर-२ मा बुवा स्व. हरिसिंह दुगड र स्व. उषादेवी दुगडको कान्छो छोराको रुपमा मध्यमबर्गीय परिवारमा जन्मिनुभएका थियो । मोतीलाल दुगडको न्वारनको नाम भने अमित दुगड हो । दुगड ब्यापार र राजनीति दुवै क्षेत्रमा संलग्न हुनुहुन्छ । २ छोरीहरु अंकिता र आयुषी र १ छोरा आदित्यका पिता मोतीलाल शोभाना दुगडसँग बैबाहिक सम्वन्धमा बाँधिनु भएको हो ।

शिक्षा

दुगडले २०३६ सालमा बिराटनगरको सत्यनारायण माध्यमिक बिद्यालयवाट एसएलसी पास गरी महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पसवाट नै प्रविणता प्रमाणपत्र र स्नातक तहसम्मको अध्ययन पुरा गर्नु भएको हो ।

ब्यापार तथा उद्योग यात्रा

२०४४ सालदेखि ब्यापारमा संलग्न उहाँले पढाइ र व्यापार सँगसंगै अगाडि बढाउनु भएको उहाँ सानैदेखि नेपालमा फरक खालको व्यापार गर्ने सोचको साथ २०४८ सालमा पीभिसी उद्योग स्थापना गरी उहाँले सफलता प्राप्त गर्दै  अगाडि बढ्नुभएको हो । नयाँ उद्योगले एकवर्ष मै उहाँको जीवनमा कायापलट गरिदिएको बताउनुहुन्छ दुगड । त्यसपछि पनि नेपालमा अरुले संचालन नगरेका उद्योग खोल्दै व्यापार बढाउंदै अघि बढ्नुभएको बताउनुहुने दुगड कडा मिहिनेत र फरक सोचले नै सफल हुन सकेको बताउनुहुन्छ ।  हाल उहाँको नेशनल ग्रुप अफ कम्पनिज अन्तर्गत दुगर स्पाइसिज एण्ड फुड प्रोडक्ट प्रा. लि. धेरै प्रसिद्ध छ । जुन कम्पनीले सेन्चुरी मसला, कुरमुरे उत्पादन गर्छ।   उहाँले २ बर्षअघि ४० करोडको लगानीमा Hotel Harisson एउटा नमुना होटेलको रुपमा रहेको छ । उहाँ बिराटनगरमा नै अर्को महल सहितको पाँचतारे Centurion Hotel & Mall खोल्ने सोचमा हुनुहुन्छ।

समाज सेवा

सकारात्मक सोचका धनी दुगड सेवा नै परम धर्म हो भन्ने आदर्श भनाईलाई सधै आत्मसात गरी पीडित मनुष्यको सेवा गर्नु, उनीहरूलाई सुख पुयाउनु नै मनुष्यको प्रथम धर्म हो भन्नुहुन्छ भने सवभन्दा ठुलो पाप अरुको चित्त दुखाउनु हो भन्नुहुन्छ। सहयोगी मन र कोमल हृदयका धनी सांसद दुगड आफ्ना कामदारको समस्या सिधै सुन्ने गर्नुहुन्छ । आफ्ना कम्पनीका आर्थिक अवस्था कम्जोर भएका स्टाफहरु ठुलो बिरामी भएमा सहयोग पनि गर्नुहुन्छ।

खाना

शुद्ध साकाहारी खाना खाने दुगड साधारण खाना मनपराउनुहुन्छ । समयमा खाना नपाउने उहाँ दिनमा ६ घण्टाभन्दा बढी आराम गर्न समय पाउनु हुन्न ।

पोसाक

उहाँलाई पोशाकमा धेरै सौकिन हुनुहुन्छ । धेरैजसो फर्मल पोशाकमै रहने दुगड एउटा लुगा एक दुई पटकभन्दा बढी लगाउनु हुन्न । सानोमा धेरै जसो जिन्स लगाउन रुचाउने दुगड पछिल्लो समय पेशाको फर्मल पोशाकमै बढि देखिनुहुन्छ ।

फिटनेस

उहाँ नियमित रुपमा जिम गर्नुहुन्छ । फिटनेसका लागि बिहान हिड्डुल पनि गर्नुहुन्छ । स्वास्थ्यमा निक्कै सचेत हुनुहुन्छ दुगड ।

घुमफिर फुर्सद

घुमफिरमा दुगडको धेरै रुची छ । धेरै ठाउँमा घुम्न रुचाउने उहाँ राम्रो राम्रो होटेलमा बस्ने शोख छ दुगडको । दुगडले पछिल्लो समय कार्यव्यस्तताले धेरै घुमफिरमा निस्किन सक्नु भएको छैन ।

खेलकुद

उहाँ बिद्यार्थीकालमा क्रिकेट खेल्ने गर्नुहुन्थ्यो । खेलकुदमा बढी नै रुचि राख्नुहुने दुगड टेलिभिजनमा पनि क्रिकेट समय मिलेसम्म हेर्नुहुन्छ ।

मोबाइल

आइफोन प्रयोग गर्ने दुगड यसलाई समयको आवश्यकता हो भन्नुहुन्छ ।

टेलिभिजन

उहाँको टिभिमा समाचार हेर्ने बानी छ । कहिलेकाहीं चलचित्र पनि हेर्नुहुन्छ उहाँ ।

चलचित्र

कहिलेकाहीं चलचित्र पनि हेर्नुहुन्छ उहाँ । बिशेषगरी हिन्दी चलचित्र हेर्ने उहाँले जल शाह अभिनित नेपाली चलचित्र हेर्नुभएको बताउनु भयो । हाँस्यप्रधान चलचित्र बढी हेर्ने उहाँ गोविन्द, अमिताभ बच्चन र माधुरी दीक्षितका चलचित्र समय भएसम्म हेर्ने गर्नुहुन्छ ।

स्वास्थ्य

स्वास्थ्यको लागि निक्कै ध्यान दिने गर्नुहुन्छ दुगड । खानामा शुद्ध शाकाहारी मात्र रुचाउने दुगड बर्षमा एकपटक राम्रो अस्पतालमा स्वास्थ्य परीक्षण गर्नुहुन्छ ।

संगीत

उहाँ गीत संगीतमा सुन्ने गर्नुहुन्छ । हिन्दी फिल्मका गीतहरु बढी सुन्ने गर्नुहुन्छ दुगड ।

भूल

उहाँ भन्नुहुन्छ, “मैले अन्जानमा करिब १० बर्षको उमेरमा भुल गरेको थिए । तर त्यो भुल सार्वजनिक गर्न भने चाहन्न ।”

सौन्दर्य

आफूलाई सौन्दर्यमा ध्यान दिन समय नभए पनि यसको निक्कै महत्व छ जीवनमा भन्नुहुन्छ दुगड । पोशाकमा चाहिँ उहाँ धेरै सचेत हुनुहुन्छ, नयाँ र आकर्षक पोशाक नदोहोर्याउने शोख छ दुगडको ।

प्रेम

सांसद दुगडको बुझाइमा प्रेम जीवनमा अति आवश्यक छ । प्रेम जोसँग नि हुनसक्छ, कसैलाई मन पराउनु कुनै गल्ती होइन दुगडको बुझाइमा । आफूले मन पराएको व्यक्तिलाई नै जीवनसाथी बनाउनु भएका दुगड प्रेम बिना जीवन सफल हुन्न भन्नुहुन्छ । प्रेम जोसँग नि हुनसक्ने तर हाम्रो समाजले विवाहपछि कसैलाई मन पराउन हुन्न भन्ने संस्कार सिकाएकोले हामीलाई अनौठो लाग्ने बताउनुहुन्छ दुगड ।

सपना/ लक्ष्य

सानो उमेरवाट नै निक्कै महत्त्वकाँक्षी उहाँ नयाँ प्रयोग गर्न रुचाउने उहाँले नेपालमा धेरै नै नयाँ उद्योग खोलिसक्नु भएको छ । पछिल्लो समय उहाँ नयाँ र नौलो प्रकारको होटल खोल्ने लक्ष्यमा हुनुहुन्छ जुन चाहिँ नेपालमै पृथक हुने दाबी छ दुगडको । असल र सबैको केन्द्रमा पर्ने सोच राख्नुभएका दुगड सबैको भलो हुने काम गर्ने लक्ष्य राख्नुहुन्छ । उहाँ साधारण जीवन नै रुचाउनुहुन्छ तर असल कार्य र नयाँ प्रयोग गर्ने सोच राख्नुभएको छ ।

विदेश भ्रमण

सांसद दुगडले भारत, चीन, मलेसिया, जापान, दक्षिण कोरिया, दुबई, सिंगापुर, थाइल्याण्ड, अस्ट्रेलिया, ताइवान आदि देशहरुको भ्रमण गरिसक्नु भएको छ ।

यो पनि पढ्नुहोस् 

नेपाली काँग्रेसका नेता तथा सांसद बहादुर सिंह लामाको जीवन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !