७ बैशाख २०८१, शुक्रबार

को हुन् मन्त्री विना मगर ?


Bina Magar

पृष्ठभूमि र जन्म

खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेकी नवनियुक्त मन्त्री बिना मगरको जन्म ०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा भएको हो । बुबा चन्द्रबहादुर मगर र आमा सावित्रीमाया मगरकी उनी जेठी छोरी हुन् ।

कञ्चनपुरबाट प्रत्यक्ष चुनाव जितेकी माओवादी केन्द्रकी सांसद विना मगर ३४ वर्षको उमेरमा मन्त्री बनेकी छिन् ।

विनाले पुनर्वासको अरनिको प्राविबाट प्राथमिक शिक्षा लिइन् । पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट माध्यमिक तहको शिक्षा पूरा गरिन् । उनले स्नातकसम्म पढेकी छिन् । ०५१ सालमा ११ वर्षको उमेरमै उनी माओवादीको बाल कलाकार बनेको माओवादी नेताहरुको दाबी छ । काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला ०६० सालमा उनलाई सेनाले गिरफ्तार गर्‍यो र भैरवनाथ गणमा २७ महिनासम्म चरम यातनासहित उनले बन्दी जीवन बिताइन् । शान्ति प्रक्रिया प्रवेशपछि उनी फेरि अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्ष भइन् ।

०६४ सालको स्ववियू निर्वाचनमा उनी सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा विजयी भइन् । यससँगै उनी पार्टीको केन्द्रीय सदस्य बनिन् । हाल उनी माओवादीको पोलिटब्यूरो सदस्य छिन् । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट उनी चुनाव लडेकी थिइन् ।

 

शिक्षा 

विनाले पुनर्वासको अरनिको प्राविबाट प्राथमिक शिक्षा लिइन् । पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट माध्यमिक तहको शिक्षा पूरा गरिन् । उनले स्नातकसम्म पढेकी छिन् ।

 

राजनैतिक यात्रा 

उनी माध्यमिक तहमा अध्ययनरत छँदै माओवादीमा लागेकी थिइन् । ०५१ सालमा ११ वर्षको उमेरमै उनी माओवादीको बाल कलाकार बनेको माओवादी नेताहरुको दाबी छ ।  विद्यार्थी राजनीतिमा अखिल (क्रान्तिकारी) को जिल्ला कोषाध्यक्ष हुँदै ०५६ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको जिल्ला अध्यक्ष भइन् । त्यसपछि उनी कलेज पढ्न काठमाडौं आइन् ।

काठमाडौंमा उनले रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियू सदस्य पदमा कमाम गरिन् । र, ०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौंको जिल्ला अध्यक्ष भइन् ।

काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला ०६० सालमा उनलाई सेनाले गिरफ्तार गर्‍यो र भैरवनाथ गणमा २७ महिनासम्म चरम यातनासहित उनले बन्दी जीवन बिताइन् । शान्ति प्रक्रिया प्रवेशपछि उनी फेरि अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्ष भइन् ।

०६४ सालको स्ववियू निर्वाचनमा उनी सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा विजयी भइन् । यससँगै उनी पार्टीको केन्द्रीय सदस्य बनिन् । हाल उनी माओवादीको पोलिटब्यूरो सदस्य छिन् । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट उनी चुनाव लडेकी थिइन् । त्यसबेला प्रंचण्डले बुहारीलाई टिकट दिएको भन्दै चुनावमा माओवादीभित्रैबाट चर्को विरोध भएको थियो ।

अन्ततः विनाले यसपालिको चुनावमा कञ्चनपुरबाटै प्रतिनिधिसभा सदस्यको निर्वाचन जितिन् । चुनावअद्धि उनका श्रीमान् अर्थात् प्रचण्डपुत्र प्रकाश दाहालको हृदयाघातबाट निधन भयो । विनाले शोककै वीचमा चुनावमा गएर सहानुभूतिको भोटसमेत बटुलिन् ।

पारिवारिकरुपमा माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालसँग उनको विवाह भएको थियो । उनी प्रकाश दाहालको पारिवारिक जीवनमा हस्तक्षेप गर्दै दोस्री पत्नी बनिन्, जुन सांस्कृतिक विचलनले उनको संघर्षशील राजनीतिलाई छायाँमा पारिदियो । मन्त्री विनाका एक छोरा छन् ।

मन्त्रीका रुपमा विना नयाँ हुन् । खानेपानीको क्षेत्रमा उनको खासै अनुभव छैन । युवापुस्ताकी संघर्षशील युवती भए पनि उनी मिडियासँग खासै भिजेकी छैनन् । बरु मिडियाबाट आलोचनाको शिकार हुँदै आएकी छिन् । अन्तरमुखी स्वाभावकी उनी कञ्चनपुरमा र माओवादी पार्टीभित्र जान पहिचानकी भए पनि बाहिरी दुनियाँमा चाहिँ प्रचण्डकी बुहारीकै रुपमा मात्र बढी चिनिएकी छिन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !