८ बैशाख २०८१, शनिबार

को हुन् सशस्त्रका महानिरीक्षक ?


Sailendra Khanal

 

२०४९ सालको इन्स्पेक्टर ब्याची शैलेन्द्र खनाल २०५८ सालमा सशस्त्र प्रहरी खुलेपछि उहाँ  नेपाल प्रहरीबाट सशस्त्रमा पुग्नुभएको हो । उहाँ यस्तो   भाग्यमानी हुनुहुन्छ, उहाँका ब्याचीहरु अहिले पनि नेपाल प्रहरीमा एसएसपी पनि हुन सकेका छैनन् । तर, उहाँ एआइजी हुँदै सशस्त्र प्रहरीको प्रमुख बन्न सफल हुनुभयो ।

एआइजी पदमा रहेका ११ मध्ये पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल, जानकीराम भट्टराई, सुबोध अधिकारी, निराकारण विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ मध्येबाट खनाल सशस्त्र नेतृत्वमा चयन हुनुभएका हो ।

नियमावलीअनुसार सातै जना योग्य देखिए पनि वरिष्ठतामा खनाल अगाडि हुनुहुन्थ्यो ।

खनाललाई केपी शर्मा ओली नेतृत्वको एमाले र माओवादी सरकारले २ असार २०७३ मा एआईजीमा बढुवा गरेको थियो । ओली नेतृत्वको सरकारले कार्यदक्षता, सक्षमता तथा मातहतलाई परिचालन गर्ने क्षमतालगायत मूल्यांकन गरी खनाललाई पहिलो नम्बरमा बढुवा गरेको थियो ।

उहाँ केसी, थापा र पौडेलभन्दा ११ महिना अगाडि एआइजी हुनुभएका हो । उहाँसँगै एआइजी बनेका जितबहादुर पुनले अवकास पाइसकेकाले उहाँको ब्याचमा उहाँ एक्ला हुनुहुन्थ्यो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !