१२ बैशाख २०८१, बुधबार

को हुन् शेरधन राई ?


Sherdhan Rai

जन्म र पृष्ठभूमि

बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागनु ११ गते आमचोक गाउँपालिका साविकको थिदिङखा गाविस भोजपुरमा जन्मिनुभएको हो शेरधन राई । समाजशास्त्रमा स्नातकोत्तर गरेका राई २०४४ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभएको हो । २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई अहिले १ नम्बर प्रदेश मुख्यमन्त्री हुनुहुन्छ । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि भोजपुरको २ नम्बर क्षेत्रबाट विजयी हुनुभएको उहाँ अहिले मुख्यमन्त्री हुनुहुन्छ । राईले तीन वर्ष भूमिगत जीवन बिताउनु भएको छ ।

राजनीतिक यात्रा
२०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई अहिले मुख्यमन्त्री हुनुहुन्छ । २०४४ सालदेखि अनेरास्ववियूमार्फत क्रियाशिल भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बनेका राई २०५०–२०५४ सम्म अनेरास्ववियूको पूर्वाञ्चल प्रमुख बन्नुभयो । उहाँ नेकपा एमाले भोजपुरको प्रमुख पदमा ४ कार्यकाल निर्विरोध निर्वाचित हुनुभयो ।

उहाँले २०४४ देखि २०४६ चैत २६ गतेसम्म भूमिगत जीवन पनि बिताउनुभएको थियो । विसं २०४९ मा एमाले भोजपुरको जिल्ला कमिटी सदस्य, २०५१ सालमा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य, २०५४ मा जिल्ला कमिटीको उपसचिव हुँदै २०५४ सालमा पार्टी विभाजन भएपछि सचिव हुँदै २०५४ सालदेखि २०७० सालसम्म गरी चार कार्यकाल उहाँ एमालेको जिल्ला अध्यक्ष बनेका निर्विरोध निर्वाचित हुनुभयो। विसं २०७० वैशाख २७ गते एमाले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत हुनुभएका राई २०७१ सालमा एमाले केन्द्रीय सदस्यमा निर्वाचित हुँदै हाल वैकल्पिक पोलिटब्यूरो सदस्य एवं प्रदेश नं १ को सहइञ्चार्ज हुनुहुन्थ्यो ।

२०५४ सालमा एमाले विभाजन भयो। पार्टी विभाजन भएपछि भोजपुरका अधिकांश नेता मालेमा गए। उहाँ  भने जिल्लामा पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुग्नुभयो । त्यसपछि उहाँ जिल्लामा एमालेको शक्तिशाली नेता बन्नुभयो । २०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा संसद बन्नुभयो । विसं २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट पराजित हुनुभएका राई २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा भने भोजपुर क्षेत्र नं २ बाट ११ हजार ९२७ मत ल्याएर निर्वाचित हुनुभएको थियो । दोस्रो संविधानसभाका सभासद राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गर्नुभयो । दोस्रो संविधानसभा सदस्य भएकै बेला उहाँ पहिलो पटक मन्त्री बन्नुभयो ।  विसं २०७१ मा तत्कालीन व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको सभापति हुनुभएका राई विसं २०७२ कात्तिक १९ गते सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता बन्नुभएको थियो ।

यसअघि २ पटक भोजपुर २ बाट सांसद निर्वाचित भइसकेका राई यसपटक प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको राई अहिले १ नम्बर प्रदेश मुख्यमन्त्री हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !