१३ बैशाख २०८१, बिहिबार

ओभरसियरदेखि मन्त्रीसम्म, लालबावु पण्डित


lal babu pandit

जन्म र पृष्ठभूमि

नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबावु पण्डितको जन्म विं सं २०१५ मंसिर १९ गते सर्लाहीको धनगडा गाविस ६ मा भएको हो ।

एक दाजु र एकजना दिदीका कान्छा भाइ पण्डित गरीब किसान परिवारमा हुर्किनु भएको हो । दुइ छाक टार्न धौधौ पर्ने परिवारमा जन्मिएका पूर्वमन्त्री पण्डितको परिवारले गुजारा चलाउन पैतृक सम्पति समेत बेच्नुपरेको थियो । उहाँका दाजुले बुढामावलीमा बसेर पढ्दै ओभरसियर पास गरेर जागिर खान थालेपछि भने पारिवारिक समस्या विस्तारै टर्दै गयो भने पूर्वमन्त्री पण्डितले दाजुकै सहयोगमा बाँकी पढाइ अगाडी बढाउनुभयो ।

हुन त एकदेखि पाँच कक्षासम्मको किताव एकैचोटी पढेर पास गरी ६ कक्षादेखि पाल्पाको तानसेनस्थित एक पब्लिक हाइस्कुलमा पढ्नुभयो । उहाँले पाल्पाबाटै विं सं २०३१ सालमा एसएलसी पास गर्नुभएको हो । उहाँले थापाथली क्याम्पसबाट इन्जिनियरिङ गर्नु भएको छ ।

नेपाल स्वतन्त्र मजदुर युनियनमा आवद्ध हुँदै उहाँले विं सं २०३५ सालबाट राजनीतिक यात्रा थाल्नु भएको हो । विं सं २०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोग मोरङको अध्यक्ष भएर समेत काम गरेका पण्डित विं सं २०७० सालमा सामान्य प्रशासन मन्त्री हुनुभयो ।

राजनीतिक यात्रा

नेपाल स्वतन्त्र मजदुर युनियनमा आवद्ध हुँदै उहाँले विं सं २०३५ सालबाट राजनीतिक यात्रा थाल्नु भएको हो । विं सं २०४४ सालमा मोरङ जिल्ला कमिटी त्यसपछि अञ्चल कमिटी हुँदै केन्द्रिय कमिटीमा पण्डित आउनुभयो ।

विं सं २०४८ सालमा जित्नुभयो, २०५१ मा हार्नुभयो र मोरङको सुकुम्बासी आयोगको अध्यक्षमा रहनुभयो भने २०५६ सालमा फेरी चुनाव जित्नुभयो । विं सं २०६४ सालमा आइपुग्दा आफुले पहिले जितेको चुनावी क्षेत्र २ वटा क्षेत्रमा बाढिएकाले आफु प्रत्यक्ष नउठेपनि समानुपातिकबाट सांसद बन्नुभयो ।

पार्टीले सरकारमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्न पठाएपछि उहाँले बफादारी देखाउनुभयो र सामान्य प्रशासनमन्त्री भएपनि चर्चित र लोकप्रीय हुनुभयो । विं सं २०७० सालमा सामान्य प्रशासन मन्त्री हुनुभयो ।

जेल जीवन

उहाँले पटक पटक गरी करिब १३ महिना जेलजीवन बिताउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !