८ बैशाख २०८१, शनिबार

को हुन् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव ?


Matrika-Yadav

जन्म र पृष्ठभूमि

नेपाल सरकारका नवनियुक्त मन्त्री मातृका यादवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समालेका छन् । सन् १९५८ मा धनुषा जिल्लामा जन्म भएका यादवले वातावरण विनाश हुनेगरि अवैध ढुंगाखानी सञ्चालन गर्नेमाथि कारवाही नगरेभन्दै ललितपुरका तत्कालिन एलडीओ (स्थानीय विकास अधिकारी) लाई पहिलो पटक मन्त्री हुँदा ट्वाइलेटमा थुनेका कारण चर्चामा आएका थिए । २०३४ मा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा शुरु गरेका मातृका यादव विस २०३६–३८ सम्म सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति हुदै दुईपटक मन्त्री बन्न सफल नेता हुन् । २०६५ माघ २९ गते माओवादी पुर्नगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएका यादव पछि पुन प्रचण्ड नेतृत्वको माओवादी मानै फर्किएका थिए । धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनाव जितेका मातृका यादव मधेशमा प्रभावकारी नेताको रुपमा चिनिन्छ । मातृकाप्रसाद यादवले त्रिभूवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र (आईएड) सम्मको शिक्षा हासिल गरेका हुन् ।

राजनीतिक यात्रा

१. विसं २०३४ मा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा शुरु
२. विसं २०३६–३८ सम्म सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति
३. विसं २०३८ मा विद्यार्थीको सातौ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य
४. विसं २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रिय सदस्य र पार्टीमा क्षेत्रिय व्युरो सदस्य
५. विसं २०५०/५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न
६. विसं २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद्
७. विसं २०६५ माघ २९ गते माओवादी पुर्नगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर उनी आन्दोलनमा अघि बढे

जेल जीवन

१. विसं २०३८ चैतमा समातेर उनलाई डिल्लीबजार खोरमा चार महिनासम्म
२. विसं २०४६ देखि १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा
३. विसं २०५६ मा श्रीमतीको उपचारका क्रममा काठमाडौ आउँदा पक्राउ
४. विसं २०५८ मा फेरी उनी जेलमा परे
५. विसं २०६० मा फेरी दिल्लीबाट पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !