४ बैशाख २०८१, मंगलबार

नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलको राजनीतिक यात्रा


Ishwor Pokharel

जन्म र पृष्ठभूमि

विसं २०१० मा ओखलढुङ्गामा जन्मिएका ईश्वर पोखरेल १६ वर्षको उमेरदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा होमिएका थिए । नवनियुक्त रक्षामन्त्री पोखरेल नेकपा एमालेका महासचिव एवं काठमाडौँ क्षेत्र नं ५ वाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । एमालेको आठौँ र नवौँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भई पार्टीको केन्द्रीय संगठन विभाग प्रमुख, केन्द्रीय सचिवालय सचिव, केन्द्रीय प्रचार विभाग प्रमुख, विभिन्न जनसंगठनका इन्चार्ज, उपत्यका इन्चार्ज र पार्टी केन्द्रीय कार्यालय प्रमुखजस्ता जिम्मेवारी वहन गरिसकेका छन् ।तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकारको अनुभव सँगालेका मन्त्री पोखरेल उद्योगमन्त्री भएकै बेला शाही शासनकालमा बन्दीसमेत भएका थिए ।

राजनीतिक यात्रा

१. विसं २०२६ देखि नेपाली राजनीतिमा निरन्तर सक्रिय ।
२. विसं २०३३ सालमा ‘अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी’ को केन्द्रीय सदस्य ।
३. विसं २०३५ मा गठित तत्कालीन ‘नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)’ को उनि संस्थापक केन्द्रीय सदस्य ।
४. विसं २०४० मा सिन्धुपाल्चोकमा भएको ‘पिस्कर हत्याकाण्ड’ र त्यसपछि तत्कालीन निरंकुश सरकारको दमनका बेला त्यहाँको पार्टी कामको नेतृत्व सम्हालेका ।
५. विसं २०५६ को आमनिर्वाचनमा प्रतिनिधिसभाको सदस्यमा निर्वाचित ।
६. विसं २०६१ माघ १९ को शाही शासनकालमा उद्योगमन्त्री भएकै बेला बन्दी ।
७. एमालेको आठौँ र नवौँ महाधिवेशनबाट महासचिवमा पनि निर्वाचित ।

जेल जीवन

विसं २०६१ माघ १९ को शाही शासनकालमा उद्योगमन्त्री भएकै बेला बन्दी बनेका थिए ।

प्रकाशित कृती

उनले ‘माघ १९’ नामक संस्मरण लेखेका थिए । भने उनको ‘पूर्वको रातो तारा’ नामक अर्को स्मरण कृति पनि प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !