८ बैशाख २०८१, शनिबार

को हुन् नयाँ महान्यायाधिवक्ता रमेश बडाल ?

नयाँ महान्यायाधिवक्ता रमेश बडालको जीवनी


महान्यायाधिवक्ताको पद र रमेश बडाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जानकारी दिएको छ ।

उनकाे नियुक्ति र सपथग्रहण आइतबार हुने बताइएकाे छ । निवर्तमान महान्यायधिवक्ता अग्नी खरेलले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेलगत्तै सरकारले महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरेको हो ।

महान्यायाधिवक्तालाई प्रधानमन्त्री एवं सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छ । प्रतिनिधिसभा विघटनको मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका बडाल ओली निकट कानुन व्यवसायी मानिन्छन् ।

पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो प्रचण्ड-नेपालको पक्षमा उभिँदा बडालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठुलो साथ दिएका थिए । उनी निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए । बडाललाई महान्यायाधिवक्ता बनाएर ओलीले त्यो गुन तिरेका छन् ।

बडालले प्रतिनिधिसभा विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहस गरेका थिए । उनकै नेतृत्वमा ८७ जना कानून व्यवसायीहरूले संयुक्त बहस नोट सर्वोच्चमा पेश गरेका थिए ।

प्रतिनिधिसभा विघटनको मुद्दाको पक्षमा बहस गरेका बडालले श्रमका मुद्दामा धेरै वकालत गरेका छन् । बडालले पत्रकारका मुद्दामा समेत बहस गरेका छन् ।अधिवक्ता बडाल नेपाल नेपाल बार एसोसिएसनको उपाध्यक्षमा पराजित भएका उम्मेदवार हुन् ।

उनी नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष समेत हुन् । बडाल सक्षम र विवादरहित कानून व्यवसायीका रूपमा चिनिन्छन् । बडाल त्रिभुवन विश्वविद्यालयको कानून संकायमा हाल श्रम विषयमा विद्यावारिधी गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले खरेललाई हटाएर बडाललाई किन नियुक्त गरे महान्यायाधिवक्तामा ?

रमेश बडालले कसरी बाजी मारे महान्यायाधिवक्ताको पद ?

अग्नि खरेलको राजीनामापछि नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

प्रधानमन्त्री ओलीले किन हटाए महान्यायाधिवक्ता अग्नि खरेललाई ?

महान्यायाधिवक्ता अग्नि खरेलले किन अचानक दिए पदवाट राजीनामा ?

महान्यायाधिवक्ता अग्नि खरेलले किन दिदैछन राजीनामा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !