७ बैशाख २०८१, शुक्रबार

को थिए प्रकाश दाहाल ?


प्रकाश दाहाल प्रकाश दाहाल

पृष्ठभूमि र जन्म

प्रकाश दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालका एकमात्र छोरा थिए । उनले आफ्ना बुबा प्रचण्ड प्रधानमन्त्री हुदाँ वा नहुदाँ स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाश दाहालको जन्म २०३८ असार १७ गते चितवनमा भएको हो । प्रकाश बुवाआमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत भएकोले पढ्न पाएका थिएनन् ।

वैबाहिक जीवन

प्रकाशका दुई श्रीमती र दुई छोरा छन्। उनका नजिकका साथीहरुको अनुसार प्रकाश खराव मान्छे नभएपनि उनको वैबाहिक जीवनमा उतार–चढाव आउनु दुःखद पक्ष थियो ।

अध्ययन

प्रकाशले औपचारिक रुपमा कलेजको अध्ययन गरेनन् तथा गर्न पनि पाएनन् । उनले बुबाआमा नै राजनीतिमा लागेर भूमिगत भएपछि कहिले काठमाडौं, कहिले दिल्ली त कहिले कहाँ गइरहनुपर्ने भएकाले एकै ठाउँ बसेर स्कुल कलेज जाने वातावरण नै पाएनन् ।

स्वभाव

शान्ति प्रक्रियामा आएपछि बाहिरी रुपमा प्रकाश कतिपय विवादमा तानिएतापनि उनीलाई भित्रबाट चिन्नेहरु उनी खराब मानिस नभई सफा मन भएका इमान्दार र सोझा थिए भन्छन । उनका नजिकका साथीहरु सोझोपनका कारण उनलाई अरुले बिगारेका थिए भन्छन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उर्जामन्त्री कमल थापाले प्रचण्डपुत्र प्रकाश दाहाल व्यक्तिगत रुपमा असल मान्छे रहेको बताएका छन् ।

रुचि र क्षमता

प्रकाश दाहाल प्राविधिक क्षेत्रमा भने अति नै रुचि राख्थे र जानकारी पनि राख्थे । सुरुमा पार्टीको हेक्वार्टरमा उनले कम्युटर सम्बन्धी काममा प्रचण्डलाई ठूलो साथ दिए । नयाँ नयाँ अत्याधुनिक हतियारहरु देखेपछि त्यो सिकिहाल्नुपर्ने उनको स्वभाव थियो । हरेक प्राविधिक विषयहरु उनी जान्न चाहन्थे र चाँडै सिकिहाल्थे । भूमिगत कालमा माओवादी नेताहरुले स्याटेलाइट फोन बोक्ने गरेका थिए ।

शान्ति प्रक्रियामा आएपछि र अहिलेसम्म आइपुग्दा प्रकाशले प्राविधिक ज्ञानमा आफ्नो रुची र दक्षता दुबै देखाए । सामाजिक सञ्जाल मार्फत सूचना प्रवाहमा पनि प्रकाशलाई अब्बल मानिन्थ्यो । कम्प्युटरमा रुचि र जानकार भएकोले प्रकाशले सधैजसो वुवा पुष्पकमल दाहाल प्रचण्डको चुनवी सभाको वा अन्य कुनै कार्यक्रमको फेसबुक लाइभ गरिरहन्थे । उनले गर्ने फेसबुक लाइभ धेरै पत्रकारहरुको सूचनाको स्रोत बन्ने गरेको थियो । यस्ता कुराहरु प्रकाशलाई अरुले सिकाउनै पर्दैनथ्यो, उनी आफैं सिक्थे ।

जिम्मेवारी 

बुबा प्रचण्ड प्रधानमन्त्री हुदाँ वा नहुदाँ स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रकाशलाई एक कुशल व्यवस्थापकको रुपमा लिइन्छ । उनलाई आफ्नो भन्दा पनि बुवा प्रचण्ड, पार्टी र राष्ट्रिय हित एवं स्वार्थका बारेमा बढी सोच्ने व्यक्तिका रुपमा उनी निकट रहेकाहरुले बताउने गरेका छन् । पछिल्लो समयमा प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रकाश दाहालले निकै परिपक्व भूमिका खेलेका थिए ।

पुरस्कार

दाहालले समाजसेवीलाई दिइने प्रवल जनसेवाश्री पदक पाएका थिए । तर, उनको उक्त पदक लिन अस्वीकार गरिदिए ।

आलोचना

प्रकाशका दुई श्रीमती भएकोले बहुविवाहलाई लिएर उनको आलोचना हुने गरेको थियो। सगरमाथा आरोहणका लागि ५ वर्षअघि तत्कालीन सरकारले उनलाई २ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएपछि त्यसको चर्को आलोचना भएको थियो । त्यसपछि प्रकाशले सरकारी रकम नलिने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए।

सोच र चाहना

माओवादीभित्र प्रचण्ड र बाबुरामवीचको अन्तरविरोध अहिलेमात्रै नभएर भूमिगत कालमा पनि बढ्ने गथ्र्यो । दुई नेतावीच अन्तरविरोध हुँदा प्रचण्ड र बाबुरामलाई मिलाउने भूमिकामा धेरै पटक निभाएका थिए ।

पछिल्लो समय बाबुराम र प्रचण्डवीचको अन्तरविरोध चुलिँदै गएपछि स्वाभाविक रुपमा केही दुरी अवश्यै बढेकोले यो मिलाउनुपर्छ भन्ने सोच राखेका थिए । बाबुराम र प्रचण्ड एकै ठाउँमा रहनुपर्छ भन्ने धारणा थियो ।

अलविदा प्रकाश !

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !