६ बैशाख २०८१, बिहिबार

महिलाहरुले कस्ता खालका पुरुषलाई घृणा गर्छन्


लैङ्गिक हिसावले हरेक नारी पुरुषप्रति आकर्षित हुन्छे । तर यसो भन्दैमा सबै नारी हरेक पुरुषप्रति आकर्षित भैहाल्छन् भन्ने चाँहि छैन । अझ एक अध्यनले त पाँच प्रकारका पुरुषलाई महिलाले घृणा गर्ने देखाएको छ ।

घमण्ड देखाउने

हुनत समाजलाई अझै पनि पुरुष प्रधान भन्ने गरिन्छ तर अहिलेका स्त्रीले आफू ठूलो हुँ भनेर रवाफ प्रस्तुत गर्ने पुरुषलाई मन पराउँदैनन् । यदि तपाइँअझै पनि म पुरुष हुँ भन्ने भाव राखेर महिलासँग ब्यवहार गर्नु हुन्छ भने तपाइँका जमाना गए ।

रिसाहा

चलचित्रमा रिसाहा र साहसी एवं जे कुरामा पनि कडारुपमा प्रस्तुत हुने युवक राम्रो लागेपनि वास्तविक जीवनमा स्त्रीको रोजाइमा यस्ता युवक पर्दैनन् । यस्ता युवकलाई प्रेमिका पाउन समेत गाह्रो पर्ने अध्यनले देखाएको छ ।

सेक्समा मात्र ध्यान दिने

महिला र पुरुषको सम्बन्धमा यौनिक विषय प्राथमिक हुने गरेपनि महिलाहरु यौन भन्दा बढी प्रेम र हेरचाह चाहन्छन् । सेक्सलाई बढी जोड गर्ने र अन्य कुरामा ख्याल नगर्ने पुरुषलाई महिलाले मन पराउँदैनन् ।

लैङिक चेतना बढी हुने

म पुरुष हुँ । म यसो गर्नु पर्छ मेरो जुँगा हुनु पर्छ वा छातिमा रौं देखिनु पर्छ भन्ने खालको सोंच राख्ने पुरुषलाई महिलाले मन पराउँदैनन् ।

अश्लिल बोल्ने

केटीहरु स्मार्ट केटाहरुसँग नजिकिन चाहन्छन् । तर फोहोर शब्दहरु प्रयोग गर्नेहरुसँग भने टाढै बस्छन् । विज्ञहरु भन्छन् केटीहरुको नजर जहिले पनि सम्मान देखाउने र राम्रो ब्यवहार प्रस्तुत गर्ने केटाहरुमा हुन्छ । एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !