६ बैशाख २०८१, बिहिबार

यि राशी हुने छोरी बुहारी हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग


happy-woman-jumping-in-golden-wheat

फरक फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ । ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन् ।

वृष राशी
वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन् । आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन् । अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन् । शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन् । निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन् ।

कन्या राशि
कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन् । कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन् । कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन् । जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन् । परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ । आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन् ।

मीन राशि
मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन् । उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन् । परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् । दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन् । यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ । बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !