१३ बैशाख २०८१, बिहिबार

Author: पत्रपत्रिकावाट

सरकारका कामकाज ‘भद्रगोल’, आकलझुकल सिंहदरबार आउँछन् प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्ला तीन-चार महिनादेखि सिंहदरबारस्थित सरकारी कामकाजको मुख्य थलो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित आउनै छोडेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आउन छोडेपछि मन्त्री तथा अन्य कर्मचारी ‘लगामबिनाका घोडा’जस्तै बन्न थालेका छन् ।