११ बैशाख २०८१, मंगलबार

आज २०७७ साल जेठ २६ गते सोमवारको राशिफल


आजको राशिफल

आज २०७७ साल जेठ २६ गते सोमवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

बृष

आज स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।

मिथुन

आज प्रविधि मार्फत दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका आधुरा काम पुनः सुरु हुन सक्छ ।

कर्कट

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ ।

सिंह

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कन्या

आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ ।

तुला

आज अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला ।

बृश्चिक

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

मकर

आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । टाउको एवं आँखा दुख्ने तथा रुघाले सताउन सक्छ ।

कुम्भ

रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मीन

आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रोकिएको धन लाभ हुनेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !