८ बैशाख २०८१, शनिबार

आज २०७७ साल जेठ १८ गते आइतवारको राशिफल


आजको राशिफल

आज २०७७ साल जेठ १८ गते आइतवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज अग्रज र विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवारिक जमघटमा सहभागी भईएला । अचल सम्पत्तिको कारोवार हुनेछ ।

बृष

धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् । आफन्त र बन्धु-बान्धवबाट सहयोग मिल्नेछ । प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

मिथुन

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रतिष्ठित व्यक्त्तीको भेटघाटले मन प्रसन्न हुनेछ ।

कर्कट

पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

सिंह

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री हुनेछ ।

कन्या

शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । बैदेशिक क्षेत्र कमजोर नै हला । चुनौतीको सामना र काममा समस्या आउला ।

तुला

पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । शिक्षिक क्षेत्रमा राम्रै हुनेछ । प्रेममापनि सफलता पाईनेछ ।

बृश्चिक

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु

कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइ लाग्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मकर

प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोवारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका आउन सक्छ ।

कुम्भ

आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभ र नयाँ योजना बन्नेछ । पढाइ लेखाइमा विस्तारै प्रगति हुँदै जानेछ ।

मीन

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रशासनिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । साँझमा पैसा खर्च बढ्न सक्छ । (ज्यो.प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !