८ बैशाख २०८१, शनिबार

आज २०७६ साल चैत २९ गते शनिवारको राशिफल


आजको राशिफल

आज २०७६ साल चैत २९ गते शनिवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यप्रति सतर्कता अपनाउन आवस्यक छ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

बृष

आज समाजमा प्रतिष्ठा कमाउने वेला छ । आफन्त र कुटुम्बको सहयोग मिल्नेछ । राजनैतिक कार्यमापनि सफलता मिल्नेछ ।

मिथुन

लाभ, हानी, आय, व्यय, वरावरी मध्यम खालको दिनछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनपरेको खनेकुरा खान पाईनेछ ।

कर्कट

वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह

आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शरीरमा आलस्य आउला ।

कन्या

शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । परिवारसंग समय बित्नेछ ।

तुला

आज प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ योजना बन्नेछन् । राजनैतिक क्षेत्रबाट सहयोग पाईनेछ ।

बृश्चिक

आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

धनु

आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य तथा औषध उपचारमा खर्च बढ्नेछ ।

मकर

आज महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम अनुसार धनार्जन हुनेछ । कृषि क्षेत्र सबल रहनेछ । साँझमा खर्च बढ्नेछ ।

कुम्भ

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

मीन

दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । (स्रोत : हाम्रो पात्रो – https://www.hamropatro.com, ज्यो.प. नारायणप्रसाद दुलाल)

यो पनि पढ्नुहोस्

आज २०७६ साल चैत २८ गते शुक्रवारको राशिफल

आज २०७६ साल चैत २७ गते बिहिवारको राशिफल

आज २०७६ साल चैत २६ गते बुधवारको राशिफल

आज २०७६ साल चैत २५ गते मंगलवारको राशिफल

आज २०७६ साल चैत २४ गते सोमवारको राशिफल

आज २०७६ साल चैत २३ गते आइतवारको राशिफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !