१३ बैशाख २०८१, बिहिबार

२०८० साल जेठ २३ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल जेठ २३ गते मंगलबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

नयाँ कार्य योजना बन्ने तथा रोकिएका कार्यहरु सुचारु रुपमा अघि बढ्ने ।

वृष

शारीरिक तथा मानसिक आलस्यता बढ्ने साथै अन्तिम अवस्थामा काम बिग्रिने सम्भावना ।

मिथुन

कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्ने साथै राज्यपक्षबाट राम्रो साथ सहयोग हौसला प्राप्त हुने ।

कर्कट

विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइने साथै घरमा नवीन रौनकता छाउने ।

सिंह

साथीभाइ इष्टमित्रबाट राम्रो साथ पाएतापनि चिठ्ठा, शेयरबजार जस्तो क्षेत्रमा गरेको लगानीले आशातीत प्रतिफल नदिने ।

कन्या

अनावश्यक वादविवादमा महत्त्वपूर्ण समय खर्च हुने तथा अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने ।

तुला

मठ, मन्दिर तथा धार्मिक क्षेत्रको यात्रा हुनसक्ने साथै सामाजिक कार्यमा रुचि बढ्ने ।

वृश्चिक

बोलीको उच्च सकारात्मक प्रभाव पर्ने साथै सत्कर्मको चर्चा यत्रतत्र चल्ने ।

धनु

सभा, समारोह, गोष्ठी, तालिममा सहभागी हुने मौका मिल्ने साथै नयाँ ज्ञान, सीप सिक्ने अवसर प्राप्त हुने ।

मकर

मनमा हीनताबोध तथा आत्मकमजोर महसुस हुने साथै लगनशीलता कमी आउने ।

कुम्भ

ठीक समय उचित निर्णय लिइने साथै नाम र दाम कमाइने शुभ योग ।

मीन

गरिरहेको भन्दा फरक वा बाहिरी कामबाट फाइदा हुने साथै विपरीत लिङ्गी साथीको राम्रो सहयोग प्राप्त हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !