८ बैशाख २०८१, शनिबार

२०८० साल जेठ २२ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल जेठ २२ गते सोमबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने तथा आशा गरेको व्यक्ति वा स्थानबाटै निराश भइने ।

वृष

वादविवादबाट टाढै रहेको श्रेयस्कर तथा अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।

मिथुन

थालेका कार्यले सफलताको मार्ग पक्रिने तथा मनमा शान्ति मुहारमा कान्ति छाउने ।

कर्कट

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने साथै यत्रतत्र यश, कीर्ति, ख्याति फैलने ।

सिंह

मनमा अशान्तिको कालो बादल मडारिने तथा यात्राको क्रममा अनेकन विघ्न, बाधा, अप्ठ्याराको सामना गर्नुपर्ने ।

कन्या

मन प्राय: चैते हुरी झैँ उड्ने तथा स्वजनसँगै वैचारिक मनभेदको स्थिति बन्ने ।

तुला

आरोग्यतामा वृद्धि आउनुका साथै सहजै कार्यसिद्धिको शुभ फलदायी योग ।

वृश्चिक

आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ने साथै आँखामा कुनै चोट लाग्ने वा समस्या देखापर्ने ।

धनु

सामाजिक मान सम्मानमा वृद्धि आउने साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्र्याउने ।

मकर

विश्वासपात्र बाटै घातप्रतिघातको उच्च सम्भावना साथै नसोचेको ठाउँमा अनावश्यक खर्च बढेर जाने ।

कुम्भ

आफन्तजन साथीभाइसँग रमाइलो भेटघाटको अवसर जुट्ने साथै मनमा प्रसन्नता छाउने कुनै सुखद् समाचार सुन्न पाइने ।

मीन

स्वास्थ्यले राम्रो साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !