११ बैशाख २०८१, मंगलबार

२०८० साल जेठ १३ गते शनिबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल जेठ १३ गते शनिबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

भ्रमणको क्रममा अनेकानेक बाधा कठिनाइको सामान गर्नुपर्ने तथा मनमा अशान्तिको कालो बादल मडारिने ।

वृष

स्वजनसँगै वैचारिक मनमुटावको स्थिति आउने साथै स्वास्थ्यमा समेत समस्या देखापर्ने ।

मिथुन

आरोग्यतामा वृद्धि आउने साथै आर्थिक कारोबारमा समेत फाइदा हुने शुभ योग ।

कर्कट

असन्तोषरुपि अनलज्वालामा मन जल्ने साथै आर्थिक संकटको सामाना गर्नुपर्ने ।

सिंह

सामाजिक मानसम्मानमा वृद्धि आउने तथा नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।

कन्या

विश्वासपात्रबाटै घातप्रतिघात हुने उच्च सम्भावना साथै खर्चका बाटाहरु बढेर जाने ।

तुला

आफन्त प्रियजनसँग भेटघाटको मौका जुर्ने साथै कुनै शुभ समाचार सुन्न पाइने ।

वृश्चिक

स्वास्थ्यले साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ उत्पन्न हुने ।

धनु

आशा गरेकै ठाउँबाट निराश बन्नुपर्ने तथा व्यापार व्यवसायमा प्रतिकूलताको सामना गर्नुपर्ने ।

मकर

अनायास स्वास्थ्य स्थितिमा समस्या देखिन सक्ने साथै वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।

कुम्भ

थालेका कार्यले सफलताको उचित गति लिएसँगै मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।

मीन

प्रतिस्पर्धामा उत्कृष्टताको प्रदर्शनका साथै यत्रतत्र ख्याति फैलने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !