८ बैशाख २०८१, शनिबार

२०८० साल जेठ १२ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल जेठ १२ गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आफ्नो अधिकार प्राप्तिका लागि निकै परिश्रम गर्नुपर्ने साथै वादविवादजन्य विषयमा प्रवेश नै नगरेको श्रेयस्कर हुने ।

वृष

धर्म कर्ममा मन जाने साथै कार्यसिद्धिको शुभ फलदायी योग ।

मिथुन

शुभ कार्यको यत्रतत्र चर्चा चल्ने साथै बोलीको उच्च सकारात्मक प्रभाव जमाउने सकिने ।

कर्कट

सभा, गोष्ठी, सम्मेलनमा सरिक हुन पाइने साथै नवीन विषयमा ज्ञानार्जनको अवसर मिल्ने ।

सिंह

आत्मविश्वासमा कमी आउने साथै हीनताबोधले कार्य सम्पादनमा नकारात्मक प्रभाव पर्ने ।

कन्या

इज्जत प्रतिष्ठाको सीमा बढेर जाने साथै ठीक समयमा उचित निर्णय लिन सकिने ।

तुला

वैदेशिक क्षेत्रको योजनाले सार्थक गति लिने साथै विपरीत लिङ्गी सहपाठीबाट राम्रो साथ सहयोग पाइने ।

वृश्चिक

नयाँ कार्ययोजना तय हुने साथै लामो समयदेखि रोकिएका कार्य सुचारु हुने ।

धनु

शारीरिक तथा मानसिक आलस्यता बढ्ने साथै अन्तिममा गएर काम बिग्रिने ।

मकर

आशा गरेको व्यक्ति स्थानबाट राम्रो साथ पाइने साथै कला साहित्यमा रुचि बढ्ने ।

कुम्भ

विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा स्वागत गर्न पाइने साथै घरमा नवीन चहलपहल छाउने ।

मीन

दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको आर्थिक लगानीले फाइदा नदिए पनि आफन्तको साथ सहयोग प्राप्त हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !