१३ बैशाख २०८१, बिहिबार

तपाई कति धनी बन्न सक्नुहुन्छ ? यस्ता छन् धनवान् योगहरु, थाहा पाउनुस्


धनवान योग

१. पञ्चमहापुरूष योग

कुनै जातकको कुण्डलीमा यो योग छ भने उनीहरुले जीवनमा निकै वैभव र ऐश्वर्य प्राप्त गर्दछन् ।

(पंचमहापुरुष योग :- कुण्डलीमा शुक्र, बुध, मंगल, वृहस्पति र शनि ग्रहहरु मध्ये कुनै एक आफ्नो उच्च राशी वा स्वराशी भएर केन्द्रमा स्थित छ भने पंचमहापुरुष योग बन्छ ।)

२. गजकेसरी योग

कुण्डलीमा गजकेसरी योग हुने जातक अत्यन्त भाग्यशाली हुन्छन् यस्ता जातक धनवान् मानसम्मान वा उच्च पद पाउने हुन्छन् र यिनीहरुको जीवन सफल हुन्छ ।

( जातकको जन्म कुण्डलीमा गुरुबाट चन्द्रमा केन्द्रमा छ भने गजकेसरी योग बन्छ ।)

३. लक्ष्मी योग

कुण्डलीमा लक्ष्मी योग छ भने यस्ता जातक माथि धनकी देवी लक्ष्मीको कृपा सधै हुन्छ र जीवनकाल मा धनको कहिल्यै अभाव हुँदैन ।

( जातकको जन्म कुण्डली मा लग्नेश नवमेश वा पंचमेश को युक्ति छ भने लक्ष्मी योग बन्छ ।)

४. अखण्ड साम्राज्य योग

कुण्डलीमा अखण्ड सम्राज्य योग छ भने यो योग अत्यन्त शुभ फलदायक हुन्छ यो योग भएका जातकले आफ्नो जीवनकालमा धन वैभव र यश प्राप्त गर्दछन् ।

(जातकको जन्म कुण्डलीमा द्वितीयेश एवं नवमेश चन्द्रमाबाट केन्द्रमा छ भने अखण्ड साम्राज्य योग योग बन्छ ।)

५. अमला योग

कुण्डलीमा अमला योग छ भने यस्ता जातक गरिब परिवारमै जन्मे पनि आफ्नो जीवनमा यश कीर्ति र धन प्राप्त गर्दछन् ।

(जातकको जन्म कुण्डलीमा लग्न कुण्डलीबाट र चन्द्रमाबाट दशम भावमा शुभ ग्रह छ भने अमला योग बन्छ ।)

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !