६ बैशाख २०८१, बिहिबार

आज २०७७ साल असोज ११ गते आइतवार आजको राशिफल


राशिफल

आज २०७७ साल असोज ११ गते आइतवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

मानसिक चिन्त बढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन प्राप्त हुनेछ ।

बृष

आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मिथुन

आज स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता पनि बढ्नेछ ।

कर्कट

कार्य सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमा परि काम विग्रिएला । सरकारी निकाएको भय रहनेछ । मनमा शंका उत्पन्न हुनेछ ।

सिंह

आज विद्या र बुद्धिके विकास हुनेछ । मंगल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । रोजगारको अवसर मिलनेछ ।

कन्या

आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

तुला

अचल सम्पत्ती हात पर्ने योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

बृश्चिक

मंगल कार्यको योगछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

धनु

आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा सफलता र रुची बढ्नेछ । उपहारको सम्भावना पनि छ ।

मकर

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।

कुम्भ

व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बधी समस्या आउला ।

मीन

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मान प्रतिष्ठामा बृद्धि होला । (ज्यो.प. नारायण प्रसाद दुलाल)

यो पनि पढ्नुहोस्

आज २०७७ साल असोज १० गते शनिवार आजको राशिफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !