, आज २०७७ साल असोज ८ गते बिहिवार आजको राशिफल

आज २०७७ साल असोज ८ गते बिहिवार आजको राशिफल

तपाईको आज २०७७ साल असोज ८ गते बिहिवारको दिन कस्तो रहनेछ ?

आज २०७७ साल असोज ८ गते बिहिवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।

बृष

आज सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

मिथुन

आज मठ-मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

कर्कट

आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

सिंह

आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कन्या

आज प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पनि पाईनेछ ।

तुला

आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग पनि मिल्नेछ ।

बृश्चिक

भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा अतिथीको आगमन हुनेछ । संगीतमा रुचि पनि बढ्नेछ ।

धनु

मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगती हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

मकर

आज हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोपपनि लाग्न सक्छ ।

कुम्भ

आज भौतिक साधन जुटाउने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।

मीन

शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । (ज्यो.प. नारायण प्रसाद दुलाल)