, आज २०७७ साल भदौ २ गते मंगलवार आजको राशिफल

आज २०७७ साल भदौ २ गते मंगलवार आजको राशिफल

तपाईको आज २०७७ साल भदौ २ गते मंगलवारको दिन कस्तो रहनेछ ?

आज २०७७ साल भदौ २ गते मंगलवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

बृष

राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्ला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन

नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

कर्कट

रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाईसंग समय बित्नेछ ।

सिंह

आज यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।

कन्या

आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चापनि चल्नेछ ।

तुला

छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।

बृश्चिक

आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला, साहित्य र संस्कृतिमा रुचि बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

धनु

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउनेछ । सरकारी निकाएको भयपनि रहनेछ, तर आफनतले सहयोग गर्नेछन् ।

मकर

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सफलता मिल्नेछ ।

कुम्भ

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मीन

सजिलै अरूको मन जित्न सकिनेछ । व्यवसायका लागि नयाँ योजना बन्नेछ छ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । प्रेम जीवन पनि सुखद् रहनेछ । (ज्यो.प. नारायण प्रसाद दुलाल)