८ बैशाख २०८१, शनिबार

आज २०७७ साल साउन ३० गते शुक्रवारको राशिफल


राशिफल

आज २०७७ साल साउन ३० गते शुक्रवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृष

आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन

निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

कर्कट

दाजु भाईबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त संग भेट घाट हुनेछ ।

सिंह

नयाँ कार्यको थालनी हुनेछ । वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

कन्या

आज आफन्तसंग भेटघाट र मित्रहरुबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

तुला

यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला ।

बृश्चिक

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपवरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

धनु

विद्या र नयाँ ज्ञान बढ्नेछ । सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मकर

आज नयाँ पद र प्रतिष्ठा पाईने संभावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मन प्रसन्न र खुसी पनि रहनेछ ।

कुम्भ

अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

मीन

धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ । (ज्यो.प. नारायण प्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !