७ बैशाख २०८१, शुक्रबार

आज २०७७ साल साउन २३ गते शुक्रवारको राशिफल


राशिफल

आज २०७७ साल साउन २३ गते शुक्रवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली विक्ने समय छ ।

बृष

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मिथुन

आज मन मिल्ने साथीको सहयोग मिल्नेछ । जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

कर्कट

रमणीय र सुखद् यात्राको योग छ । शुभ कार्यको चर्चा चल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।

सिंह

कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कन्या

आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।

तुला

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि मिल्नेछ ।

बृश्चिक

शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु

आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर

अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ

आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथीको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मीन

आज कार्यमा बाधा आउनेछ । सरकारी निकाएको भय रहला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ । (ज्यो.प. नारायण प्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !