, आज २०७७ साल साउन २१ गते बुधवारको राशिफल

आज २०७७ साल साउन २१ गते बुधवारको राशिफल

तपाईको आज २०७७ साल साउन २१ गते बुधवारको दिन कस्तो रहनेछ ?

आज २०७७ साल साउन २१ गते बुधवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धु-बान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

बृष

बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

मिथुन

दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदापनि हुन सक्छ ।

कर्कट

सरकारी निकाएको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

सिंह

समाज सेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ला ।

कन्या

आज जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

तुला

रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

बृश्चिक

अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । प्रेमीको सहयोग पाईनेछ ।

धनु

आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बबढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मकर

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ

आज भकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनसक्छ । विश्वास गरेकाले साथ दिनेछन् ।

मीन

आज मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ । (ज्यो.प. नारायण प्रसाद दुलाल)