६ बैशाख २०८१, बिहिबार

आज २०७७ साल असार २८ गते आइतवारको राशिफल


राशिफल

आज २०७७ साल असार २८ गते आइतवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वस्थयको ख्याल गर्नु पर्ला, अत: बढी सचेत रहनुहोला ।

बृष

अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुन सक्छ ।

मिथुन

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कर्कट

शुभ कार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसंग भेटघाट हुनेछ ।

सिंह

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस होला । कार्य सम्पादनमा समस्या र झमेला बेहोर्नु पर्नेछ ।

कन्या

आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । सबैले तपाईको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् ।

तुला

मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । कसै कसैका लागि सन्तान प्राप्तिको योग छ ।

बृश्चिक

आज सामाजिक कार्यप्रति मन जानेछ । जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

धनु

आज मानो वांछित खनेकुरा पाईनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । अध्यात्मको भावना जाग्न सक्छ ।

मकर

आज रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । आज परिवार संग समय बित्ने, मायाँ बढ्नेछ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कुम्भ

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तको सङ्गतले फाइदा हुनेछ ।

मीन

आज लाभदायक योजना बन्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । (ज्यो.प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !