१३ बैशाख २०८१, बिहिबार

आज २०७७ साल असार २२ गते सोमवारको राशिफल


राशिफल11

आज २०७७ साल असार २२ गते आइतवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज पुरानो र आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । सन्तान सुख मिल्नेछ ।

बृष

सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्नेछ । मित्रहरूले दिएको वचन फर्न सक्छन् ।

मिथुन

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।

कर्कट

शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

सिंह

आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनमा शान्ति छाउनेछ र आत्मिक सन्तुष्टि मिल्नेछ ।

कन्या

परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

तुला

न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

बृश्चिक

आज समाज सेवामा र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

धनु

स्वादिष्ट भोजन पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

मकर

आज आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । मानसिक चिन्तापनि बढ्नेछ ।

कुम्भ

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मीन

लाभ, हानी, आय, व्यय, सुख, दु:ख वरावरी मध्यम खालको दिन छ । आफ़नतले सहयोग गर्नेछन् । नयाँ कार्यको योजना बन्नेछ । (ज्यो.प. नारायण प्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !