१२ बैशाख २०८१, बुधबार

आज २०७७ साल असार ४ गते बिहिवारको राशिफल


राशिफल

आज २०७७ साल असार ४ गते बिहिवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मनमा खुसी बढ्न सक्छ ।

बृष

शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । अनावश्यक धन खर्चपनि हुनेछ ।

मिथुन

काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

कर्कट

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेको र ताकेको कार्य पुरा हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ । समाजसेवामा मन लाग्नेछ ।

सिंह

अरूलाई प्रभावित पारेर काम बन्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

कन्या

महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । कष्टकर यात्रा गर्नुपर्ला । खर्चिलो यात्रा रहला ।

तुला

अचल सम्पत्ती हात पर्ने योगछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

बृश्चिक

आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । साहित्यिक क्षेत्रमा रूची पनि बढ्नेछ ।

धनु

नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मकर

काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ ।

कुम्भ

पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईनेछ । नयाँ कार्यको थालनी हुनेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !