१३ बैशाख २०८१, बिहिबार

आज २०७७ साल जेठ ३२ गते आइतवारको राशिफल


राशिफल

आज २०७७ साल जेठ ३२ गते आइतवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज दिन काट्न् गारो पर्ला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । सरकारी निकाएको भय रहला । कार्मक्षेत्रपनि घर्षशील नै रहनेछ ।

बृष

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ ।

मिथुन

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कर्कट

कला र गलाको प्रभाव बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हातापर्न सक्छ ।

सिंह

धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक भेटघाट हुनेछ ।

कन्या

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आफन्तहरुको सहयोग पाईनेछ ।

तुला

राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोगलिन सकिनेछ ।

बृश्चिक

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चापनि चल्नेछ ।

धनु

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ ।

मकर

आज सामान हराउने भय रहने र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुन सक्छ ।

कुम्भ

परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । अधुरो काम पुन: प्रारम्भ हुन सक्छ ।

मीन

आज विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । (ज्यो.प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !