४ बैशाख २०८१, मंगलबार

आज २०७७ साल जेठ ३१ गते शनिवारको राशिफल


राशिफल

आज २०७७ साल जेठ ३१ गते शनिवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

बृष

अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मिथुन

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् ।

कर्कट

मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

सिंह

सामाजिक र धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । छोटो यात्राको योगपनि रहेको छ ।

कन्या

मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

तुला

आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

बृश्चिक

नयाँ कार्यको थालनी हुनेछ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । कृषि क्षेत्रमापनि राम्रो हुनेछ ।

धनु

धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव समेत आउन सक्छन् ।

मकर

मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका कार्यको नयाँ योजना बन्नेछ ।

कुम्भ

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ ।

मीन

प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । (ज्यो.प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !