८ बैशाख २०८१, शनिबार

आजको राशिफल: पढ्नुहोस्, आज तपाईको दिन कस्तो छ ?


राशिफल

काठमाडौं । मेष
मेष राशिफल हुनेहरुको आजको दिन एकदमै रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको भेटघाटले मन प्रफुल्ल रहला । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

वृष
वृष राशिफल हुनेहरुको आजको दिन अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मिथुन
मिथुन राशिफल हुनेहरुको आजको दिन अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आर्थिक लाभपनि रहला ।

कर्कट
कर्कट राशिफल हुनेहरुको आजको दिन आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । सबैले तपाईको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

सिंह
सिंह राशिफल हुनेहरुको आजको दिन अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कन्या
कन्या राशिफल हुनेहरुको आजको दिन कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

तुला
तुला राशिफल हुनेहरुको आजको दिन हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

वृश्चिक
वृश्चिक राशिफल हुनेहरुको आजको दिन धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । न्यायीक प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

धनु
धनु राशिफल हुनेहरुको आजको दिन आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मकर
मकर राशिफल हुनेहरुको आजको दिन उमङ्ग र उत्साहमाकमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

कुम्भ
कुम्भ राशिफल हुनेहरुको आजको दिन शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

मीन
मीन राशिफल हुनेहरुको आजको दिन लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।-हाम्रो पात्रोको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !