१३ बैशाख २०८१, बिहिबार

जीवनमा सुख समृद्धि प्राप्तिका लागि बुधवार अपनाउनुहोस् यी उपायहरु


बुधबार

जीवनमा सुख समृद्धि प्राप्तिका लागि बुधवार अपनाउनुहोस् यी उपायहरु । हिन्दु धर्म संस्कृतिमा बताईए अनुसार प्रत्येक दिन प्रत्येक भगवानका लागि उतिकै महत्वपुर्ण मानिन्छ । बुधवार हिन्दु ग्रन्थमा उल्लेख भए अनुसार बुधबार बिशेषगरी बुध ग्रहको लागि समर्पित गरिन्छ त्यस्तै आज बिघ्नाकर्ता गणेश भगवानको पनि पुजा आराधना गर्ने गरिन्छ ।

बुधवार हिन्दु ग्रन्थमा उल्लेख भए अनुसार बुधबार बिशेषगरी बुध ग्रहको लागि समर्पित गरिन्छ त्यस्तै आज बिघ्नाकर्ता गणेश भगवानको पनि पुजा आराधना गर्ने गरिन्छ ।

भनिन्छ, भगवान गणेशको पुजा आराधना नगरेसम्म कुनै पनि पुजा सम्पन्न हुदैन । गणेश भगवानलाई जति खुसी पार्न सकियो उति नै जीवनमा खुसीयाली छाउने मान्यता रही आएको छ । बुधवारको दिन ‘गं हं क्लौं ग्लौं उच्छिष्टगणेशाय महायक्षायायं बलिः’ मन्त्र जप गर्नाले पनि जीवनका सारा दु:ख कष्ट नाश भई व्यक्तिगत एवम आर्थिक स्थिति पनि मजबुत भएर जान्छ ।

बुधवारको दिन अवश्य गर्नुहोस यी कामहरु

१. घरमा सेतो रङको गणेशको प्रतिमा स्थापना गर्नाले तान्त्रिक शक्तिबाट छुटकारा पाउन सकिन्छ।

२. धन प्राप्तिका लागि आजको दिन भगवान गणेशलाई गाईको घ्यु र लड्डु चढाउनाले आर्थिक समस्याबाट छुटकारा पाउन सकिन्छ।

३. पारिवारिक कलह र क्लेश अन्त्य गर्नका लागि घरमा गणेशको मुर्ति स्थापना गरि दिनहु दुबो चढाई बिधि बिधानका साथमा पुजा गर्नाले पारिवारिक कलह अन्त्य हुन्छ।

४. घरको मुलद्वारमा गणेशको मुर्ति स्थापना गर्नाले नकारात्मक शक्ति प्रवेश गर्न पाउदैन।

यो पनि पढ्नुहोस्

यस्तो छ बुधबार व्रतविधि

यस्तो छ बुधबार व्रतकथा

बुधबारमा कुन देवी-देवताको पूजा गर्ने ?

बुधबार यी काम गर्दा शुभ खबर पाउनेछन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !