११ बैशाख २०८१, मंगलबार

यस्तो हुन्छ बुधबार जन्मेको मानिसकाे स्वभाव


बुधबार

यस्तो हुन्छ बुधबार जन्मेको मानिसकाे स्वभाव । ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो ।

ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो ।

जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । त्यसैले बुधबार जन्मेका मानिसहरु कस्ता हुन्छन् भन्ने वारेमा बुझौ ।

बुधबार जन्मेको मानिसकाे स्वभाव

१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी, सफा र स्वच्छ विचारधाराका मालिक तथा विजनेश माइन्डका हुने गर्दछन् ।
२. नयाँ-नयाँ कुराहरु जान्न निकै मनगर्ने भएकोले आफ्नो काम निकै वस्थित तरिकाले गर्न चाहन्छन् ।
३. राम्रो कुरा गर्ने तरिका र सकारात्मक सोचसँगै जीवनमा धेरै अघि बढ्ने गर्नाले निकै सफलता हात पार्छन् ।
४. उनीहरु खर्चिलो स्वाभावको हुन्छन र आफ्नो निर्णय आफैँ लिन्छन् ।
५. धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसके पछि उठेको रिसलाई शान्त पर्न निकै समय लाग्ने गर्दछ ।
६. कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण यिनीहरुको जीवन निकै सन्तुष्ट हुन्छ ।
७. कसैलाई पनि सजिलै माफी दिँदैनन् ।
८. कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि उनीहरुलाई प्रभावित तुल्याउन सक्दैनन् ।
९. उनीहरुको वैवाहिक जीवन निकै सुखी हुन्छ र उनीहरुले आफ्नो पार्टनरको निकै हेरविचार गर्छन् ।

यो पनि पढ्नुहोस्

यस्तो छ बुधबार व्रतविधि

यस्तो छ बुधबार व्रतकथा

बुधबारमा कुन देवी-देवताको पूजा गर्ने ?

बुधबार यी काम गर्दा शुभ खबर पाउनेछन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !