८ बैशाख २०८१, शनिबार

शत्रुलाई बशमा राख्ने तान्त्रीक तरिका


शत्रु
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

शत्रु भएन भने मानिसले आफुलाई सहि दिशामा मोड्न सक्दैन तर शत्रुले बढी नै दु:ख पिडा दिन थालेमा आफुले त्यस्ता शत्रुलाई बशमा राख्नुपर्ने हुन सक्छ । आज मानिसले लाख कोसिस गर्दा पनि उसको हात रोकिदिएको हुन्छ त्यस्ता शत्रुलाई बशमा गर्ने तान्त्रीक विधि हरेकमा हुन आवश्यक छ ।

यस्ता विधिहरू आफैले गर्न सकिने तरिकाहरू कुनै तान्त्रीक सम्बन्धी अनुभव प्राप्त व्यक्तिहरूले आफैमा सीमित राखेको हुन्छन् । यस्ता विधि लेखेका पुस्तकहरू समयमा नपाइने हुनाले आजको लेखमा यस्तो गोप्य जानकारी पस्कन गइरहेको छु ।

यहाँ यस्ता तान्त्रीक योगहरू दिइएको छ । यस्ता तान्त्रीक योगहरूलाई गलत तरिकाले प्रयोग नगर्नु गरेमा यस्ता तान्त्रीकले उल्टो असर हुने भनेर उल्लेख गरेको छ । यस्ता काम गर्दा हमेशा नियमको पालना गरेर मात्र प्रयोग गरेमा तत्कालै फाइदा देखाउनेछ ।

अधिकांश व्यापारी बर्गहरूले दोकानको अघि खुर्सानी र कागती झुन्डाएको सबैले देख्नु भएको छ यस्को खास कारण पनि दोकानमा शत्रुको नजर नलागोस भनेर गरेको हुन्छ । यो पनि शुद्ध तान्त्रीक अन्तर्गत पर्दछ । यसो गर्नाले दोकानमा नजर नलाग्ने हुनाले दोकानमा बिक्री बढ्न जाने हुन्छ ।

प्रयोग गर्ने तरिका

१. शनिबारको दिन पुष्य नक्षत्रमा भोजपत्रमा रक्त चन्दनले शत्रुको नाम लेखेर महको भाडामा डुबाएर राख्नु भनेको छ । जहिलेसम्म त्यो भाडामा मह रहन्छ त्यति बेलासम्म शत्रुलाई बसमा गर्न सकिनेछ ।

यो पनि पढनुहोस्

जीवनमा सफल हुन यसो गर्नुहोस्

यस्तो छ योग र यसको महत्व, जानी राखौ

विद्यार्थीहरूको पढाई र जाँचमा सफलता प्राप्त गर्ने हनुमान चालिसा श्लोक

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !