७ बैशाख २०८१, शुक्रबार

आइतबार र मंगलबारका दिन यी कामहरु गर्नाले हुनेछ कार्य सिद्धि


आइतबार र मंगलबार

आइतवार बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा रविवार पनि भनिन्छ । यसलाई भानुवारको नामले पनि चिनिन्छ । मंगलबार बिक्रम सम्बत् वा नेपाली पात्रो अनुसार हप्ताको तेश्रो दिनलाई ज्योतिष शास्त्र अनुसार मंगल ग्रहको नामबाट नामाकरण गरिएको हो ।

ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ ।

ज्योतिष शास्त्र अनुसार हरेक बार फरक-फरक कामकाजको लागि छुट्याइएको छ । सामान्यतया आइतबार र मंगलबारलाई ज्योतिषशास्त्रमा खरो बारको रुपमा लिइन्छ । शनिबारलाई ढिलो बारको रुपमा लिइएको छ भने शुक्रबार, बिहिबार र सोमबारलाई शुभबारको रुपमा लिइएको छ । बुधबारलाई भने ज्योतिषशास्त्रका ग्रन्थहरुमा द्विस्वभावको बार मानिएको हुनाले यसबारलाई कन्फ्युज हुने बार मानिन्छ ।

ज्योतिषशास्त्रमा यस्ता अनेकौँ कुराहरुको वर्णन गरिएको पाइन्छ । हरेक कामकाजको लागि हरेक समयमा साइत हेरी रहन सम्भव पनि छैन । त्यसकारण बारको स्वभाव अनुसार कामकाज गर्नु शास्त्रिय मत अनुसार राम्रो हुने गर्दछ । आइतबार र मंगलबारका दिन यी कामहरु गर्नाले कार्य सिद्धि हुनेछ ।

आइतबार र मंगलबार यी कामहरु गर्नाले हुनेछ कार्य सिद्धि

१. आइतबार बारको आधारमा सूर्य बलियो हुने बार मानिन्छ । सूर्यलाई ज्योतिष शास्त्रहरुका अनुसार ग्रहहरुको राजा मानिन्छ । त्यसकारण आइतबार सरकारी कामकाजको लागि राम्रो मानिन्छ । पहिला-पहिला राजा महाराजाहरुको राज्याभिषेकको लागि सकेसम्म आइतबार नै राम्रो समय मानिन्थ्यो ।

२. यस दिन कुनै पनि कार्यालाय को कार्यभार सम्हाल्नुलाई राम्रो मानिन्छ भने विशेष गरेर सरकारी कार्यालय वा कामकाजको जिम्मेवारी आइतबार नै लिनु ज्योतिष शास्त्रको मत हो ।

३. विवाह , व्रतबन्ध वा कुनै पनि खुशीयालीका उत्सवहरु मनाउँदा पनि आइतबार नै गर्नु राम्रो हुन्छ ।

४. ज्योतिष शास्त्र अनुसार सूर्यलाई आत्मासँग सम्बन्ध राख्ने ग्रह मानिने भएकाले यस दिनमा गरेको कामकाजमा आत्मविश्वास बलियो हुन्छ भन्ने मान्यता ज्योतिष शास्त्रको रहेको छ । त्यसकारण रोजगारीको प्रारम्भ सकेसम्म आइतबार का दिन नै गर्नु राम्रो हुने कुरा ज्योतिष शास्त्रमा बताइएको छ ।

५. वस्तुभाउको किनबेच वा अन्य कुराको किनबेच पनि आइतबार गर्नु राम्रा नै मानिन्छ ।

६. सूर्यको स्वभाव तातो हुने भएकाले आगो, ग्यास, विद्युत सम्वन्धि कामकाजहरु आइतबार गर्नु शास्त्रसम्मत देखिन्छ ।

७. मन्त्र साधकहरुका लागि आइतबार गोप्य मन्त्रहरुको साधनाको लागि निकै शुभ हुने गर्दछ ।

८. शास्त्रहरुका आधारमामा औषधी निर्माण गर्ने कामलाई पनि आइतबार नै राम्रो भनेर बताइएको छ । आइतबारदेखि विरामी व्यक्तिले औषधी सेवन गर्न सुरु गरेमा त्यसले छिट्टै रोगबाट छुटकारा दिने मानिन्छ । सूर्यको प्रभावले आत्मविश्वास बलियो भई समस्या र रोगहरुबाट छुटकारा दिने मानिन्छ ।

९. आइतबार लाई खरो बार मानिने भएकाले हतियार संबन्धी कामकाज यस दिन निकै शुभ मानिएको देखिन्छ । सुन, तामा र धातुका कामहरुको प्रारम्भ पनि आइतबार गर्नाले चाँडो सफलता हासिल हुने कुरा पनि वर्णन गरिएको पाइन्छ ।

१०. ऊन र काठको कामलाई पनि यस दिन निकै राम्रो हुने मानिन्छ भने फर्निचर समवान्धि काम पनि आइतबारलाई शुभ मानिन्छ । त्यसकारण काठ मिल, फर्निचरको कारोबार, बन तथा जंगलको काम आइतबार शुरु गर्नु राम्रो हुने गर्दछ ।

११. शत्रुसँग आक्रमण गर्नको लागि सबैभन्दा पहिलो कुरा आत्म विश्वास पूर्ण हुनुपर्ने भएको हुनाले आइतबार वा मंगलबार युद्ध अभ्यास वा युद्धको प्रारम्भ गर्नु शास्त्र अनुसार उत्तम बार मानिएको छ ।

१२. व्यापार व्यवसायको थालनी पनि आइतबार गरेमा शुभ हुने खगोल शास्त्रको मान्यता रहेको छ ।

यो पनि पढ्नुहोस् 

आइतबार के के काम गर्दा सफलता मिल्छ ?

ज्योतिषशास्त्र अनुसार आइतबार भुलेर पनि नगर्नुहोस् यी कामहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !