१२ बैशाख २०८१, बुधबार

शनिदेव पुजा गर्दा ध्यान दिनुपर्ने कुराहरु


शनिबार शनिदेवको पुजा गर्ने बिधि

शनिदेव पुजा गर्दा ध्यान दिनुपर्ने कुराहरु ! शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ । त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ ।

शनिदेवलाई न्यायको देवता मानिन्छ अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

शास्त्र अनुसार शनिदेव सूर्यदेव र देवी छायाका पुत्र हुन् । शुद्ध मनबाट प्रत्येक शनिवारको दिन व्रत बस्दा शनि अत्यन्त प्रसन्न हुन्छन् । यस दिन ब्रह्मचर्यको पालन गर्दा लाभ मिल्छ । कुनै पनि यात्रा नगरौ । गाई र कुकुरलाई तेलमा बनेको चीजहरु खुवाऊ यसले विशेष लाभ हुन्छ । यस दिन शनि मन्दिरमा शनिदेवको साथै हनुमान जीको दर्शन गर्नु शुभ हुन्छ । शनिदेवको आँखामा हेर्नु हुदैन र प्रयास गरौ कि शनिवारको दिन सूर्य देवको पूजा नगरौ ।

शनिदेव पुजा गर्दा ध्यान दिनुपर्ने कुराहरु

१. हरेक शनिवार मन्दिरमा तोरीको तेलको दियो जलाउ । ध्यान राखौ कि यो दियो उनको मूर्तिको अगाडि नभएर मन्दिरमा राखेको उनको शिलाको अगाडि जलाउ ।

२. यदि आसपास शनि मन्दिर नभएमा पीपलको रुखको अघि तेलको दियो जला उं। यदि त्यो पनि नभए तोरीको तेल गरीबलाई दान गरौ ।

३. शनिदेवलाई तेलको साथै तिल, कालो दाल या कुनै कालो वस्तु पनि भेंट गरौ ।

४. भेंट पश्चात शनि मन्त्र वा शनि चालीसाको जाप गरौ ।

५. शनि पूजा पश्चात हनुमान जीको पूजा गरौ । उनको मूर्तिमा सिन्दूर लगाउ र केला अर्पित गरौ ।

६. शनिदेवको पूजामा यस मन्त्रको जाप गरौ : ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम:

यो पनि पढ्नुहोस् 

यस्तो छ शनिबार शनिदेवको पुजा गर्ने बिधि

शनिबार यी कामहरु गर्नुहोस्, शनिदेव हुन्छन प्रसन्न

शनिवार यी कामहरु गर्दा जीवनमा हुन्छ अशुभ ? जानी राखौ

यी हुन् शनिदेवका ९ वाहन : के हुँदा जीवनमा के पर्छ प्रभाव

आज शनिबार, शनिदेवलाई खुशी बनाउन यसो गर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !