७ बैशाख २०८१, शुक्रबार

यस्तो छ शनिबार शनिदेवको पुजा गर्ने बिधि


शनिबार शनिदेवको पुजा गर्ने बिधि

यस्तो छ शनिबार शनिदेवको पुजा गर्ने बिधि ! शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । कुण्डलीको दशमभावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ । त्यस्तै कुण्डलीकै एकादशभावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्त्वपूर्ण छ ।

शनिदेवलाई न्यायको देवता मानिन्छ अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

शास्त्र अनुसार शनिदेव सूर्यदेव र देवी छायाका पुत्र हुन् । शुद्ध मनबाट प्रत्येक शनिवारको दिन व्रत बस्दा शनि अत्यन्त प्रसन्न हुन्छन् । यस दिन ब्रह्मचर्यको पालन गर्दा लाभ मिल्छ । कुनै पनि यात्रा नगरौ । गाई र कुकुरलाई तेलमा बनेको चीजहरु खुवाऊ यसले विशेष लाभ हुन्छ । यस दिन शनि मन्दिरमा शनिदेवको साथै हनुमान जीको दर्शन गर्नु शुभ हुन्छ । शनिदेवको आँखामा हेर्नु हुदैन र प्रयास गरौ कि शनिवारको दिन सूर्य देवको पूजा नगरौ ।

शनिबार शनिदेवको पुजा बिधि

शनि जयन्तीमा प्रात: काल उठेर स्नान गरेर शुद्ध होउ । त्यसपछि काठको टुक्रामा एक कालो कपड़ा बिछाएर त्यसमाथि शनिदेवको प्रतिमा राखौ । त्यसपश्चात उनको मुर्तिको राखिएको काठको टुक्राको दुइटै कुनामा घिउको दीपक जलाउ र सुपारी चढ़ाउ। त्यसपश्चात शनिदेवलाई पंचगव्य, पंचामृत, इत्रबाट स्नान गराउ । उनीलाई कालो वा नीलो रंगको फूल चढाउ । त्यसपश्चात गुलाल, सिंदूर, कुमकुम र काजल लगाउ । पूजामा तेलमा तलेको वस्तुहरुको नैवेद्य समर्पित गरौ । यस दौरान शनि मन्त्र : ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम: को कमसेकम एक माला जप गरौ ।

यो पनि पढ्नुहोस् 

शनिबार यी कामहरु गर्नुहोस्, शनिदेव हुन्छन प्रसन्न

शनिवार यी कामहरु गर्दा जीवनमा हुन्छ अशुभ ? जानी राखौ

यी हुन् शनिदेवका ९ वाहन : के हुँदा जीवनमा के पर्छ प्रभाव

आज शनिबार, शनिदेवलाई खुशी बनाउन यसो गर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !