८ बैशाख २०८१, शनिबार

यस्तो छ सोमबार व्रतविधि


भगवान् शिव

यस्तो छ सोमबार व्रतविधि । हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् । सोमबार व्रतविधिको वारेमा जानकारी तल प्रस्तुत गरिएको छ ।

सोमबार व्रतविधि

हिन्दू धर्मावलम्बीहरू सोमबारमा शिवको पूजा गर्दछन् । ज्योतिषशास्त्र अनुसार सोमबारलाई शिवको वार मानिन्छ । यो व्रत श्रावण, चैत, वैशाख, कात्तिक वा मंसिर महिनाको शुक्लपक्षको पहिलो सोमबारबाट प्रारम्भ गर्नुपर्दछ । यो व्रत ५ वर्ष, १४ वर्ष अथवा १६ वर्षसम्म श्रद्धा र भक्तिका साथ विधिपूर्वक गर्नुपर्दछ । चैत्र शुक्ल अष्टमी तिथि, आर्द्रा नक्षत्र, सोमबार वा श्रावण महिनाको पहिलो सोमबारबाट व्रत सुरु गरेमा एकदमै ठूलो फल प्राप्त हुन्छ ।

व्रत आरम्भ गर्दा बिहान सबेरै उठेर पानीमा कालो तिल मिसाई नुहाउनुपर्दछ, त्यसपछि ‘ॐ नमः शिवाय’ लगायत शिवको मन्त्र वा प्रार्थनाद्वारा शिव-पार्वतीको पूजा गर्नुपर्दछ, सेतो वस्त्र लगाएर सेतो फूल, सेतो चन्दन, पञ्चामृत, अक्षता, सुपारी, बेलपत्र आदिले पूजा गर्नुपर्दछ, पूजा गरिसकेपछि ब्राह्मणलाई दान, दक्षिणासहित भोजन गराइसकेपछि मात्रै आफूले भोजन गर्नुपर्दछ । सोमबारको व्रत सकेसम्म निर्जल, निराहार अथवा एक छाक अलिनो खाएर ग्रहण गरी सम्पादन गर्ने शास्त्रीय मान्यता छ । व्रतको समापन पनि माथि उल्लेखित महिनामा परे उत्तम मानिन्छ । सोमबारको व्रत लिनाले मानसिक शान्ति, धन, पुत्रप्राप्ति, पतिप्राप्ति एवं सबै किसिमको कष्टबाट छुटकारा प्राप्त हुनेछ ।

यो पनि पढ्नुहोस्

यस्तो छ आइतवार व्रतविधि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !