७ बैशाख २०८१, शुक्रबार

मकर राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य


ज्योतिष गुरु परासर
ज्योतिष गुरु परासर

मकर राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

मकर राशि – भो जा जी खी खे खू खो गा गो

स्वामी – शनि

शुभ, अशुभ

१. शुभ अंक – ८

२. शनिबार, शुक्रबार र बुधबार यो राशिका शुभ बार हुन् भने घातबार मंगलबार हो।

३. कालो रंग यो राशिको उत्तम कलर हो । गोजीमा रुमाल कालो बोक्नाले राम्रो हुन्छ ।

४. शुभ रत्न निलम, पन्ना, ओपल (हिरा) हुन् ।

भाग्य तथा भविष्य

१. मकर राशिलाई सिंह राशि शत्रु हुने हुँदा सिंह राशिका केटीसँग बिबाह गर्नुहुँदैन । मकर राशि स्थिर राशि हो ।

२. मकर राशिको देवता ब्रह्मा हुन् । शनि ग्रहको दिशा पश्चिम हो । यो राशिको अशुभ महिना बैशाख हो ।

३. मकर राशिको महिना चाहिँ माघ हो ।

४. यो शनि ग्रहले सूर्यलाई २९ वर्ष ६ महिना लगाएर परिक्रमा गर्ने गर्छ ।

मित्रता र बिबाह

१. मेष, वृष, मिथुन, कन्या, तुला, वृश्चिक, कुम्भ र मिनसँग भए शुभ हुनेछ । केटी मान्छेले बिबाह गर्दा मेष र तुलाका केटासँग लगनगाठो

कसेमा राम्रो हुन्छ ।

२. केतुको यो मूल त्रिकोणको राशि हो ।

३. मकर लग्न वा राशिका व्यक्ति हसिला, खर्चिला, समझदार हुने गर्दछन् । यस राशिमा जन्मिने व्यक्तिको नाक लामो र टाउको ठूलो हुनेछ ।

*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।

Guru-Parashar-Jyotish-Sewa-Kendra


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !