७ बैशाख २०८१, शुक्रबार

कर्कट राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य


कर्कट राशि
ज्योतिष गुरु परासर
ज्योतिष गुरु परासर

कर्कट राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

कर्कट राशि (ही हू हे हो डा डी डू डे डो)

स्वामी : चन्द्रमा

शुभ अंक : २

शुभ बार : सोमबार, मंगलबार र बिहीबार

घातबार : बुधबार

शुभ रत्न : मोति, पुष्पराज

शुभ दिशा : उत्तर र पश्चिम

शुभ रंग : सेतो (सधैँ सेतो रुमाल गोजिमा बोक्नाले शुभ हुन्छ)

अशुभ राशि : कर्कट राशि हुनेलाई कुम्भ राशि शत्रु हुने गर्छ । कर्कट राशिका स्त्रि वा पुरुषले कुम्भ राशि भएका नर नारीसँग बिबाह गर्नुहुँदैन ।

स्वास्थ्य : कर्कट राशिका मानिसलाई बढि चिसोले सताउने र जाडोको महशुस हुने गर्छ ।

भाग्य : २४ वर्षमा भाग्योदय हुने तर चन्द्रमा कमजोर वा निच भएको खण्डमा पानीमा डुब्ने प्रबल सम्भावना हुन्छ । पूर्णिमाको चन्द्रमालाई हेरी रातो वस्तु हेरेमा शुभ हुनेछ । शिवको उपसना गरी शुक्रबार ब्रत बसेमा राम्रो हुनेछ ।

कर्कट राशिका मानिसको मित्रता र बिबाह : मेष, वृष, सिंह, कन्या, वृश्चिक, धनु र मिन राशिसँग उत्तम हुने देखिन्छ । कर्कट राशिका केटीले जीवनसाथी रोज्दा वा खोज्दा मेष राशिका पुरुषसँग गर्दा साह्रै शुभ हुन्छ ।

स्वभाव : भावुक, चञ्चल, परिवर्तशिल बानी हुने गर्छ । शारीरिक बलको काम भन्दा मानसिक श्रम गर्न रुचाउने, सानो समस्या आएपनि हडबढाउने बानी हुन्छ । कठिन अवस्थामा नारीले पुरुषलाई पुरुषले नारीलाई साथ दिनेछन् । चन्द्रमाको महिना श्रावण हो । चन्द्रमाको सिधा सम्बन्ध मन र मस्तिष्कमा बढि पर्ने गर्दछ । कर्कट राशिा व्यक्तिहरुलाई तीर्थयात्रा, घुमफिरमा बढि समय बिताउन मन लाग्छ । आफ्नो जीवनको अनुभव र अनुभूति व्यक्त गराउने बानी हुन्छ । श्रीमान श्रीमतीमा बढि मनमुटाब भइरहन्छ । दिएको पैसा फर्कदैन । ससाना कुरामा शंका गर्ने बानी दुवैको हुन्छ ।

*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।

Guru-Parashar-Jyotish-Sewa-Kendra


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !